Legal

एउटा कम्पनीले ५ वटा मात्र ठेक्का लिन पाउने व्यवस्था हटाइने

Pinterest LinkedIn Tumblr

काठमाडौं । सरकारले एक ठेकदारले ५ वटा मात्र ठेक्का लिन पाउने व्यवस्था हटाउने भएको छ । निर्माण व्यवसायीहरूको चर्को दबाबपछि सरकारले यसअघि गरेको ठेक्कासम्बन्धी निर्णय संशोधनथ गर्ने भएको हो ।

सार्वजनिक खरिद नियमावली, २०६४ को १२ औं संशोधन अनुसार निर्माण व्यवसायीले अधिकतम ५ वटा ठेक्का मात्र लिन पाइने व्यवस्था थियो । सो नियमले साना निर्माण कार्यमा बोलपत्र पर्न छाडेको भन्दै सरकारले सो व्यवस्थामा संशोधनको गर्न लागेको हो । 

राष्ट्रिय विकास समस्या समाधान समितिको ५०औं बैठकले नियम परिवर्तन गर्न सार्वजनिक खरिद अनुगमन कार्यालयलाई अध्ययनको जिम्मेवारी दिएको छ । 

बैठकले निर्माण व्यवसायीले ठेक्का लिन पाउने सीमा टेण्डर मूल्यको आधारमा गर्ने, संख्या सीमा बढाउने वा भौतिक संरचना (आयोजना) को किसिम बमोजिम संख्या सीमा तोक्ने लगायतका विकल्पको अध्ययन गर्न कार्यालयलाई निर्देशन दिएको छ ।

पुरानो व्यवस्थालाई हटाएर व्यवसायीको पक्षमा हुनेगरी नियमावली संशोधनको चलखेल भएको आलोचना समेत भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
Pin It