Lifestyle

सीई रियलस्टेटः घाटाको सुरुवातले दिएको सफलता

Pinterest LinkedIn Tumblr

काठमाडौं । पूर्वाधार निर्माणमा हुने लापरवाहीबाट बच्न भरपर्दो कन्स्ट्रक्सन कम्पनीसँगको सहकार्य जरुरी छ । जसले संरचना निर्माणमा दिगोपन र निर्धक्कताको अनुभूति दिन्छ । सेवाग्राहीको सन्तुष्टीलाई ध्यानमा राख्दै तीन दशक देखि आम मानिसको रोजाइमा पर्न सफल कम्पनी हो, सीई कन्स्ट्रक्सन । 

आइएसओ सर्टिफाइड कम्पनी सीईको यो सफलताको यात्रा आजभन्दा ३१ वर्ष अगाडि सन् १९९२ मा सुरु भएको हो । कम्फर्ट हाउजिङबाट छुट्टिएर विजय राजभण्डारी सहित ५ जनाले कम्पनीको सुरुवात गरेका थिए । ५०/५० हजारको संयुक्त लगानीमा स्थापना भएको सीईले थुप्रै उत्तारचढाव पार गरिसकेको छ । 

कम्पनीका सेल्स मेनेजर राधेकृष्ण खड्का भन्छन्, ‘हामीले सुरु गर्दा नेपालमा खास कन्स्ट्रक्सनको अवधारणा नै आएको थिएन । विदेशी निर्माण कम्पनीहरूले मात्र भौतिक संरचनाहरू निर्माण गर्थे ।’  विदेशी कन्ट्र्याक्टरलाई हटाएर नेपालको बिल्डिङ क्षेत्रको विकास गर्नुपर्छ भन्ने मान्यताका साथ कम्पनी स्थापना भएको थियो । 

सीई रियलस्टेटः घाटाको सुरुवातले दिएको सफलता
सीईद्वारा निर्मीतः लेक भ्यू अपार्टमेन्ट, पोखरा

‘आम मानिसलाई कम्युनिटी लिभिङ र अपार्टमेन्टको अवधारणा बुझाउन सजिलो थिएन । नेपाली निर्माण कम्पनीलाई विश्वास नै गरिन्न थियो । निर्माणको जिम्मा पनि विदेशी कन्ट्याक्टरले मात्र पाउँथे । निर्माणको जिम्मा पाए पनि साना कन्ट्याक्ट मात्र पाइन्थ्यो’ उनले भने । 

कम्पनी भर्खरै सुरु गरेका उनीहरूले ७ लाख भन्दा बढिको परियोजना पाएनन् । कम पैसामा काम सम्पन्न गर्न समस्या भएपनि सेवाग्राहीको विश्वास जित्न र आफूलाई साबित गर्न उनीहरूले काम गर्न थाले । त्यसबाट घाटा ब्यहोर्नु स्वभाविक नै हो । यद्यपि आफूले पाएको काम इमान्दारितापूर्वक समयमै सम्पन्न गरी गुणस्तरीय सेवा प्रवाह गर्नाले आज सीईको लोकप्रियता बढिरहेको छ ।

सीईले स्थापना कालदेखि नै वस्तु तथा सेवाको गुणस्तर र उपभोक्ताको सन्तुष्टिलाई प्राथमिकता दिँदै आएको छ । ‘ठेकेदारी पेसा’लाई कन्स्ट्रक्सन इन्डस्ट्रीमा परिवर्तन गरि सही तरिकाले गुणस्तरीय सेवा प्रवाह गर्नु सीईको उद्देश्य भएको खड्काले बताए । 

सुरुवाती चरणमा अपार्टमेन्ट बिक्री गर्न र मानिसलाई यसको बारेमा बुझाउनु निकै समस्या भएको उनले सुनाए । 

सीईका अपार्टमेन्ट तथा कोलोनीका घरहरू प्रायः रिफरलबाट नै बिक्री हुने गरेको खड्काले बताए । उनका अनुसार ७० देखि ८० प्रतिशत खरिदकर्ताहरू पुरानै छन्, भने बाँकी ३० प्रतिशत नयाँ सेवाग्राही जोडिएका छन् ।

सीईद्वारा निर्मीतः लोकन्थली आवास, भक्तपुर

सीईका अपार्टमेन्ट तथा हाउजिङ र कोलोनीहरू भूकम्प प्रतिरोधी, बलिया र सुविधासम्पन्न छन् । बजारका अन्य परियोजनासँग तुलना गर्दा मूल्यमा केही तलमाथि पर्न आएपनि गुणस्तरका दृष्टिकोणले सेवाग्राही निश्चिन्त छन् । 

सीईका परियोजनामा सेक्युरिटी, ढल, पानी लगायतको राम्रो सुविधा हुन्छ । जसले गर्दा एउटै वर्गका नयाँ ग्राहकलाई प्री-बुकिङ गर्न पुराना ग्राहकले नै रिफर गर्छन् ।  

सीई कन्स्ट्रक्सनले हाल हाइड्रोपावर, हाउजिङ, अपार्टमेन्ट, हस्पिटल्स, होटल, निजी क्षेत्रका कार्यालयहरू, व्यावसायिक भवनलगायतका परियोजनामा काम गरिरहेको छ । 

उपत्यकालगायत विराटनगर, पोखरा, लुम्बिनीमा पनि अपार्टमेन्ट तथा कोलोनी निर्माण गरिरहेको छ । ग्राण्डी टावर, थापाथली हाइट लगायत एक दर्जन ठूला अपार्टमेन्ट सीई समूहले निर्माण गरेको हो । बाँकी जिल्लाहरूमा पनि बिस्तारै काम गर्ने सीईले जनाएको छ ।

सीईका सबै परियोजना सफल भएपनि ‘ग्रान्डी टावर’ र ‘ग्रान्डी हस्पिटल’ले थप उचाइ दिएका छन् ।  

ग्राहकलाई कम्पनीले नै बैंकिङ सेवा दिने हुँदा भुक्तानी प्रकृयामा सहज हुन्छ । जसले गर्दा कम्पनीलाई पनि अपार्टमेन्ट र कोलोनीका घरहरू बिक्रीमा सहज हुने गरेको छ । 

लामो समयदेखि ग्राहकको पहिलो रोजाइ बनेको सीईले अहिलेको अस्थिर बजारमा आफ्नो स्तरलाई सन्तुलनमा राख्न मार्केटिङका लागि बसोबाससँग सहकार्य गरिरहेको छ । 

सीई कोलोनी, विराटनगर

कम्पनीले भविष्यमा ग्राहकको आवश्यकता र बजेटअनुसारका प्रोजेक्टहरू ल्याउने योजना बनाएको छ । त्यस्तै, स्याटलाइट सिटीको अवधारणासँगै विदेशी लगानी बढी ल्याउने कम्पनीका रुपमा आफूलाई स्थापित गर्ने योजना सीई समूहको छ । 

बसोबासमा लिस्टेड अन्य प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It