Market

क्यानडामा विदेशीले घर किन्न नपाउने, किन लगाइयो प्रतिबन्ध ?

Pinterest LinkedIn Tumblr

काठमाडौं । विदेशी नागरिकलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ । यसअघि जनवरी १, २०२३ देखि १ जनवरी २०२५ सम्म जग्गा खरिद गर्ने विदेशीलाई प्रतिबन्ध लगाइएको थियो । 

अब यसलाई थप २ वर्ष अर्थात जनवरी १, २०२७ सम्मका लागि थप गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 

क्यानडामा धेरै लगानीकर्ता आउने गरेका छन् । साथै ठूलो संख्यामा विदेशी विद्यार्थी पनि क्यानडामा बस्ने गरेका कारण क्यानडामा विदेशी विद्यार्थीलाई काम गर्न पनि प्रतिबन्ध लगाइएको हो । 

जनसंख्या वृद्धिका कारण घरको अभाव भएको क्यानडा सरकारको विश्वास छ ।

यसैबीच निर्माण सामग्रीको मूल्यवृद्धिका कारण पर्याप्त मात्रामा घर निर्माण हुन नसकेको भन्दै सरकारले प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् । 

प्रतिक्रिया दिनुहोस्
Pin It