Lifestyle

बढ्दैछ इन्जिनियर्ड काठको प्रयोग, के-कस्ता छन् फाइदाहरू ?

Pinterest LinkedIn Tumblr

काठमाडौं । हिजोआज संसारभर नै पर्यावरणमैत्री संरचना निर्माणलाई प्राथमिकता दिन थालिएको छ । यससँगै घर निर्माण तथा फर्निचरमा अत्यधिक उपयोग हुने निर्माण सामग्री काठको विकल्प खोजी हुन थालेको छ । पछिल्लो समय काठको सट्टामा इन्जिनियर्ड काठको प्रयोग हुने गरेको छ ।

के हो इन्जिनियर्ड काठ ?

इन्जिनियर्ड काठ खासगरी वनजंगलको संरक्षण तथा काठको प्रयोग कम गर्ने उपयुक्त उपाय हो । इन्जिनियर्ड काठ हेर्दा परम्परागत काठ जस्तै देखिन्छ । जसको निर्माणका लागि  काठका टुक्रा, काठका धुलोहरूको समिश्रण गर्नुपर्छ । यसलाई मानव निर्मित काठ, कम्पोजिट काठ वा निर्मित बोर्ड पनि भनिन्छ । 

यी हुन् हाल बजारमा पाइने इन्जिनियर्ड काठहरूः 
प्लाइवुड

Benefits of Engineered Wood

प्लाइवुड निर्माण गर्दा काठका टुक्रा र धुलोहरूलाई टाँसेर लेयर बनाइन्छ । यो वुड आद्रता, किराले नखाने र दरारहरू नआउने किसिमका हुन्छन् । यसलाई फ्लोरिङ, क्याबिनेट, फर्निचर, र भवनहरूको लागि प्रयोग गरिन्छ ।  

ओरिएन्टेड स्ट्रयान्ड बोर्ड

Oriented strand board

यस प्रकारको वुडको भारबहन क्षमता धेरै हुन्छ । खासगरी लोडबेरिङ, फ्लोरिङका लागि यसप्रकारको वुड प्रयोग गर्नु उपयुक्त मानिन्छ । यो वाटर प्रुफ हुनुका साथै किफायती हुन्छ । 

पार्टिकल बोर्ड

Particle board

पार्टिकल बोर्डको प्रयोग मजबुत फर्निचर निर्माणका लागि भन्दापनि सौन्दर्यका लागि गरिन्छ । सतहलाई चिल्लो देखाउन पार्टिकल बोर्डको प्रयोग हुने हुँदा फल्स सिलिङ, फर्निचरहरू निर्माण गर्न प्रयोग गरिन्छ । यसको मूल्य मोटाई, घनत्व, र ब्रान्डमा निर्भर छ ।

फाइबर बोर्ड
Fiber board

यसप्रकारको वुड कडा काठ र सफ्टवुड कणहरू काटेर बनाइन्छ ।  

कडा फाइबरबोर्डलाई काठको सट्टा पर्खाल स्ल्याब, ढोका बोर्ड, भुइँ, फर्निचर र अन्य सजावटको रूपमा प्रयोग गर्न सकिन्छ । र घनत्व कम भएको नरम फाइबरबोर्डलाई प्राय: गर्मी प्रतिरोधी वा ध्वनिक सामग्रीको रूपमा प्रयोग गरिन्छ ।

Laminated veneer

Laminated veneer

प्लाइवुड जस्तै देखिने यो । काठका टुक्राहरूलाई टाँसेर लेयर बनाइ यसप्रकारको काठ बनाइन्छ । यो वाटरप्रुफ नभएकाले पानीबाट जोगाउनुपर्छ । बीम, ट्रस, तख्त र राफ्टरको रूपमा प्रयोगको लागि उपयुक्त हुन्छ ।

क्रस-लेमिनेटेड टिम्बर

Cross-laminated timber

यस प्रकारको वुड भवनको सुपरस्ट्रक्चरका पर्खाल, भुइँ र छानाहरूका लागि प्रयोग गरिन्छ । 

हिजोआज धेरै व्यवसायिक र आवासीय भवनमा ठोस काठको सट्टा इन्जिनियर्ड काठको प्रयोग भइरहेका छन् । इन्जिनियर्ड काठ बलियो, किराले नखाने हुँदा यसको प्रयोग व्यापक बन्दै गएको हो । निश्चित आकारमा आउने यी काठबाट प्लाइ वा अन्य सामग्री निर्माण गर्न सहिन्छ ।

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् । 

प्रतिक्रिया दिनुहोस्
Pin It