बसोबास विक्ली राउण्ड अपः साताभरका रियल ईस्टेट तथा कन्स्ट्रक्सन सम्बन्धी समाचार र हाम्रो वेबसाइटमा लिस्टेड प्रपर्टिहरू एउटै भिडिओमा ।
१. राष्ट्र बैंकले घरजग्गा मूल्यको सर्वेक्षण रोक्यो
आधिकारिक तथ्यांक नआएको भन्दै नेपाल राष्ट्र बैंकले घरजग्गा कारोबार सर्वेक्षण प्रतिवेदनको प्रकाशन रोकेको छ । प्रत्येक तीन महिनामा प्रतिवेदन सार्वजनिक गर्ने योजना रहेको केन्द्रीय बैंकले गत वर्षको मङ्सिरदेखि सर्वेक्षण सुरु गरेको थियो । घरजग्गाको अधिक कारोबार हुने देशका २० केन्द्रिय शहरका आधारमा गरिएको राष्ट्र बैंकको सर्वेक्षणमा जमिनको आकार, मोहडा, मुख्य बजारसम्मको दूरी, बस्तीको सम्मिश्रण, बाटोको आकार र भौतिक पूर्वाधारको अवस्थालाई समेत हेरेर मूल्यसम्बन्धी तथ्यांक संकलन गरिएको थियो । मूल्यमा आएको उतारचढावका कारण नेपालको रियल स्टेट क्षेत्र अझै व्यावसायिक र प्रतिस्पर्धी बन्न नसकेको राष्ट्र बैंकको निष्कर्ष छ । धितो मूल्याङ्कनका लागि कारोबार मूल्य बढी देखाउने, कर प्रयोजनका लागि मूल्य कम देखाउने तथा परिवारभित्रका सदस्यबीच कारोबार हुँदा एउटा मूल्य कायम गर्ने प्रवृत्तिले यो अवस्था सिर्जना भएको जनाइएको छ ।
२. विष्णुमतिको पुल सञ्चालनमा आउन अझै अन्योल
निर्माण सम्पन्न भएको एक दशक बितिसक्दा पनि काठमाडौं टेकुस्थित विष्णुमतीको पुल सञ्चालनमा आउन सकेको छैन । निर्माण कम्पनि GIEC पप्पु जेभीले मापदण्ड पुरा नगरी पुल निर्माण गरेको भन्दै सडक विभागले पुल सञ्चालनमा रोक लगाइरहेको छ । विभागको निर्णयप्रति असहमति जनाउँदै निर्माण कम्पनी कानुनी प्रक्रियामा गएपछि कम्पनिलाई कालो सूचिमा समेत राखिएको विभागले जनाएको छ । यसरी त्रुटिलाई सच्याउनको सट्टा त्यसविरुद्ध निर्माण कम्पनीले कार्यालयबाट ठेक्का तोड्न र कालोसूचिबाट हटाउन अदालती प्रक्रियामा गएको विभागका सूचना अधिकारी सुनित केसीले जानकारी दिएका छन् । सर्बोच्चको निर्णयपछि मात्र पुललाई कसरी सञ्चालनमा ल्याउने भन्ने विषयमा निर्णय हुने केसिको भनाई छ । यसअघि पनि पप्पु कन्स्ट्रक्सनले तिनकुनेको बागमति पुलको गुणस्तरीय निर्माण गर्न नसक्दा ठेक्का तोडिएको थियो ।
३. सुनवल १ स्थित लुम्बिनी चिनी मिलमा तालाबन्दी
लामो समय बन्द भएर पुनः सञ्चालनमा आएको पश्चिम नवलपरासी सुनवल १ स्थित लुम्बिनी चिनी मिलले पूर्व सहमति अनुसार प्रदूषण नियन्त्रणमा कुनै चासो नदिएको भन्दै स्थानीयले तालाबन्दी गरेका छन् । उद्योग परिसरमा धानको भूस जलाउँदा खरानीसहितको कालोधुलो र उखु क्रसिङको फोहोरको कारण सो क्षेत्रमा बस्नै नसकिने गरी प्रदूषण फैलिएको स्थानीयको गुनासो छ । पटक पटक उद्योगलाई प्रदूषण नियन्त्रण गर्न ध्यानाकर्षण गराए पनि उद्योगले अटेर गरेका कारण बाध्य भएर तालाबन्दी गर्नुपरेको स्थानियको भनाइ छ ।
४. काठमाडौं भ्यूटावर अर्काे वर्षदेखि सञ्चालनमा
काठमाडौँ महानगरपालिकाको पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौं भ्यूटावर सञ्चालनमा आउन अझै एक वर्ष लाग्ने भएको छ । विसं २०७१ सालमा महानगरपालिकासँग सार्वजनिक–निजी साझेदारीको सम्झौताअनुसार २०७५ फागुनभित्र कम्पनीले भ्यूटावरको निर्माण सम्पन्न गर्नपर्ने थियो । तर संरचनाको अधिकांश आधारभूत काम सकिंदै गरेको भएपनि सुपर स्ट्रक्चर बाँकी नै हुँदा अझै थप साढे एक वर्षसम्म लाग्ने कम्पनीले जनाएको छ । अहिलेसम्म भ्यूटावर संरचना निर्माण कम्पनीले ४ अर्ब रूपैयाँ खर्च भइसकेको र निर्माण सम्पन्न हुँदासम्म थप ४ अर्ब खर्च हुने आँकलन गरिएको छ । कम्पनीले वार्षिक ९८ लाख कर तिर्दै आएको छ ।
५. एशियन हाइवेसँगै मितेरी पुल सञ्चालनमा
नेपाल-भारत सिमा नाका जोड्ने मितेरी पुल सहितको एसियन हाइवे पूर्ण रुपमा सञ्चालनमा आएको छ । निर्माण सम्पन्न भएको डेढ वर्षपछि सिमानामा निर्मित ६ लेनको मितेरी पुल सञ्चालनमा आएसँगै एसियन हाइवे पूर्ण रुपमा आइतबारबाट सञ्चालनमा आएको हो । नेपाल र भारतका भन्सार अधिकारीहरूले आ-आफ्नो मुलुकको झण्डा फहराउँदै यातायातका साधनलाई प्रस्थान अनुमति दिएर राजमार्गको पुल सञ्चालनको सुरुआत गरेका थिए । काँकडभिट्टाबाट भारतको पानीट्याङ्की नाका जोड्ने मेची नदीमा निर्मित ५ सय ७५ मिटर लामो ‘मितेरी पुलको आधा भन्दा बढि हिस्सा नेपाली भागमा पर्छ । एसिया उपक्षेत्रीय आर्थिक सहयोग-सडक सञ्जाल परियोजनाअन्तर्गत एसियाली विकास बैंकको भारु १ अर्ब ६० करोड ऋण सहयोगमा भारत सरकारले नै पुलको निर्माण गरेको हो ।
६. नक्सालमा ट्रेडिसनल वाक वे निर्माण गरिने
उपत्यका विकास प्राधिकरणको जिल्ला आयुक्त कार्यालय काठमाडौंले परम्परागत पैदल मार्ग अर्थात् ट्रेडिसनल वाक वे निर्माण गर्ने भएको छ । महानगरपालिका वडा नं १ नक्साल क्षेत्रमा बन्न लागेको वाक वे काठमाडौं महानगरसँगको सहकार्यमा निर्माण हुने भएको प्राधिकरणले जनाएको छ । अनुमानित लगानी करिब पाँच करोड हुने भनिएको वाक वे निर्माण प्रक्रिया द्रुत रुपमा अघि बढिरहेको छ । हाल अध्ययनको काम भइरहेको जिल्ला आयुक्त कार्यालयले जनाएको छ । नक्साल क्षेत्रको सांस्कृतिक गुरुयोजना तयार गर्न डीयूडीबीसीले एप्पल इन्जिनियरिङ प्रोफेसनल कन्सल्टेन्सी कम्पनीलाई अध्ययनको जिम्मा दिइएको थियो ।
७. क्यानडामा विदेशी नागरिकलाई घर किन्न प्रतिबन्ध
क्यानडामा विदेशी नागरिकलाई घर किन्न दुई वर्षका लागि प्रतिबन्ध लगाइएको छ । कोरोना महामारी पछि घरको मूल्य अस्वभाविक रुपमा बढेपछि सरकारले आइतबारबाट नयाँ ऐन लागू गरेको हो । यससँगै आप्रवासी लगायत गैर-क्यानडियन नागरिकले क्यानडामा घर किन्न पाउनेछैनन् । घरलाई आवासिय प्रयोजनका लागि हेर्नुपर्ने भएकाले वस्तुका रुपमा लिने लगानीकर्तालाई निरुत्साहित गर्न प्रतिबन्ध लगाइएको संघीय आवास मन्त्री अहमद हुसेनले बताएका छन् । प्रतिबन्धले अस्वभाविक रुपमा महंगीएको हाउजिङ मार्केटलाई सन्तुलनमा ल्याउन सघाउ पुर्याउने अपेक्षा गरिएको छ । २०२० को तथ्यांकअनुसार कुल घर मध्ये एक प्रतिशत घर विदेशी नागरिकको नाममा रहेको पाइएको छ । यद्यपि घरको मूल्य अत्यधिक भएका क्यानडाका दुई शहर ओन्टारियो र ब्रिटिश कोलम्बियामा ६ प्रतिशत भन्दा धेरै घरका मालिक गैरक्यानडियन छन् । पछिल्लो तथ्यांक अनुसार क्यानडामा घरको औसत मूल्य ७ लाख ७७ हजार २ सय क्यानडियन डलर रहेको छ ।
- ललितपुर इमाडोलको सितलहाइटस्थित सुन्दर घर बिक्रीमाः विस्तृत जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् ।
यस साता हाम्रो वेबसाइटमा लिस्टेड पहिलो प्रपर्टिको रुपमा शीतलहाइट इमाडोलको सुन्दर आवासिय घर रहेको छ । new मिलेनियम स्कुल र ग्रीन हल सिटि नजिकैको यो घर ३ आना २ पैसा २ दाममा बनेको छ । जहाँ तपाईंले १३ फिटको रोड एक्सेस पाउनुहुन्छ । पूर्वी मोहोडा भएको यस घरका प्रत्येक कोठामा तपाईंले फल्स सिलिङ्ग, काठको सिँढी, टिभी शोकेस पाउनुहुनेछ । २४ सै घण्टा पानी, बत्ती र ढल निकास लगायतका सुविधा भएको 6BHK घरमा २ वटा कार पार्क गर्न सकिन्छ । र यो घरको मूल्य चाहिँ ३ करोड १५ लाख तोकिएको छ ।
- इमाडोलको आवासिय घरः विस्तृत जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् ।
त्यसैगरी हाम्रो वेबसाइटमा लिस्टेड दोस्रो प्रपर्टी इमाडोल ललितपुरमा रहेको छ । घरमुलीको प्रत्यक्ष निगरानीमा बनाइएको यो सुन्दर घर ३ आना २ पैसा जग्गामा बनेको छ । १३ फिटको रोड एक्सेस भएको यस घरमा एउटा कार र केहि बाइक पार्किङ गर्न सकिन्छ । पानी, बिजूली तथा ढल निकासलगायत विभिन्न आधुनिक सुविधायुक्त यस 4BHK घरको मूल्य दुई करोड ७५ लाख तोकिएको छ ।