News

विष्णुमतिको पुल सञ्चालनमा अन्योल लगायतका समाचारः बसोबास विक्ली राउण्ड अप EP-9,

Pinterest LinkedIn Tumblr

बसोबास विक्ली राउण्ड अपः साताभरका रियल ईस्टेट तथा कन्स्ट्रक्सन सम्बन्धी समाचार र हाम्रो वेबसाइटमा लिस्टेड प्रपर्टिहरू एउटै भिडिओमा ।

१. राष्ट्र बैंकले घरजग्गा मूल्यको सर्वेक्षण रोक्यो 

आधिकारिक तथ्यांक नआएको भन्दै नेपाल राष्ट्र बैंकले घरजग्गा कारोबार सर्वेक्षण प्रतिवेदनको प्रकाशन रोकेको छ । प्रत्येक तीन महिनामा प्रतिवेदन सार्वजनिक गर्ने योजना रहेको केन्द्रीय बैंकले गत वर्षको मङ्सिरदेखि सर्वेक्षण सुरु गरेको थियो । घरजग्गाको अधिक कारोबार हुने देशका २० केन्द्रिय शहरका आधारमा गरिएको राष्ट्र बैंकको सर्वेक्षणमा जमिनको आकार, मोहडा, मुख्य बजारसम्मको दूरी, बस्तीको सम्मिश्रण, बाटोको आकार र भौतिक पूर्वाधारको अवस्थालाई समेत हेरेर मूल्यसम्बन्धी तथ्यांक संकलन गरिएको थियो । मूल्यमा आएको उतारचढावका कारण नेपालको रियल स्टेट क्षेत्र अझै व्यावसायिक र प्रतिस्पर्धी बन्न नसकेको राष्ट्र बैंकको निष्कर्ष छ । धितो मूल्याङ्कनका लागि कारोबार मूल्य बढी देखाउने, कर प्रयोजनका लागि मूल्य कम देखाउने तथा परिवारभित्रका सदस्यबीच कारोबार हुँदा एउटा मूल्य कायम गर्ने प्रवृत्तिले यो अवस्था सिर्जना भएको जनाइएको छ । 

२. विष्णुमतिको पुल सञ्चालनमा आउन अझै अन्योल

निर्माण सम्पन्न भएको १० वर्ष बित्यो, तर विष्णुमतिको पुल सञ्चालनमा आउन अझै अन्योलनिर्माण सम्पन्न भएको एक दशक बितिसक्दा पनि काठमाडौं टेकुस्थित विष्णुमतीको पुल सञ्चालनमा आउन सकेको छैन । निर्माण कम्पनि GIEC पप्पु जेभीले मापदण्ड पुरा नगरी पुल निर्माण गरेको भन्दै सडक विभागले पुल सञ्चालनमा रोक लगाइरहेको छ । विभागको निर्णयप्रति असहमति जनाउँदै निर्माण कम्पनी कानुनी प्रक्रियामा गएपछि कम्पनिलाई कालो सूचिमा समेत राखिएको विभागले जनाएको छ । यसरी त्रुटिलाई सच्याउनको सट्टा त्यसविरुद्ध निर्माण कम्पनीले कार्यालयबाट ठेक्का तोड्न र कालोसूचिबाट हटाउन अदालती प्रक्रियामा गएको विभागका सूचना अधिकारी सुनित केसीले जानकारी दिएका छन् । सर्बोच्चको निर्णयपछि मात्र पुललाई कसरी सञ्चालनमा ल्याउने भन्ने विषयमा निर्णय हुने केसिको भनाई छ । यसअघि पनि पप्पु कन्स्ट्रक्सनले तिनकुनेको बागमति पुलको गुणस्तरीय निर्माण गर्न नसक्दा ठेक्का तोडिएको थियो । 

३. सुनवल १ स्थित लुम्बिनी चिनी मिलमा तालाबन्दी

लामो समय बन्द भएर पुनः सञ्चालनमा आएको पश्चिम नवलपरासी सुनवल १ स्थित लुम्बिनी चिनी मिलले पूर्व सहमति अनुसार प्रदूषण नियन्त्रणमा कुनै चासो नदिएको भन्दै स्थानीयले तालाबन्दी गरेका छन् । उद्योग परिसरमा धानको भूस जलाउँदा खरानीसहितको कालोधुलो र उखु क्रसिङको फोहोरको कारण सो क्षेत्रमा बस्नै नसकिने गरी प्रदूषण फैलिएको स्थानीयको गुनासो छ । पटक पटक उद्योगलाई प्रदूषण नियन्त्रण गर्न ध्यानाकर्षण गराए पनि उद्योगले अटेर गरेका कारण बाध्य भएर तालाबन्दी गर्नुपरेको स्थानियको भनाइ छ ।

४. काठमाडौं भ्यूटावर अर्काे वर्षदेखि सञ्चालनमा

काठमाडौँ महानगरपालिकाको पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौं भ्यूटावर सञ्चालनमा आउन अझै एक वर्ष लाग्ने भएको छ । विसं २०७१ सालमा महानगरपालिकासँग सार्वजनिक–निजी साझेदारीको सम्झौताअनुसार २०७५ फागुनभित्र कम्पनीले भ्यूटावरको निर्माण सम्पन्न गर्नपर्ने थियो । तर संरचनाको अधिकांश आधारभूत काम सकिंदै गरेको भएपनि सुपर स्ट्रक्चर  बाँकी नै हुँदा अझै थप साढे एक वर्षसम्म लाग्ने कम्पनीले जनाएको छ । अहिलेसम्म भ्यूटावर संरचना निर्माण कम्पनीले ४ अर्ब रूपैयाँ खर्च भइसकेको र निर्माण सम्पन्न हुँदासम्म थप ४ अर्ब खर्च हुने आँकलन गरिएको छ । कम्पनीले वार्षिक ९८ लाख कर तिर्दै आएको छ ।

५. एशियन हाइवेसँगै मितेरी पुल सञ्चालनमा

१ अर्ब ६० करोड भारतिय लगानीमा बनेको एशियन हाइवेसँगै मितेरी पुल सञ्चालनमा,नेपाल-भारत सिमा नाका जोड्ने मितेरी पुल सहितको एसियन हाइवे पूर्ण रुपमा सञ्चालनमा आएको छ । निर्माण सम्पन्न भएको डेढ वर्षपछि सिमानामा निर्मित ६ लेनको मितेरी पुल सञ्चालनमा आएसँगै एसियन हाइवे पूर्ण रुपमा आइतबारबाट सञ्चालनमा आएको हो । नेपाल र भारतका भन्सार अधिकारीहरूले आ-आफ्नो मुलुकको झण्डा फहराउँदै यातायातका साधनलाई प्रस्थान अनुमति दिएर राजमार्गको पुल सञ्चालनको सुरुआत गरेका थिए । काँकडभिट्टाबाट भारतको पानीट्याङ्की नाका जोड्ने मेची नदीमा निर्मित ५ सय ७५ मिटर लामो ‘मितेरी पुलको आधा भन्दा बढि हिस्सा नेपाली भागमा पर्छ । एसिया उपक्षेत्रीय आर्थिक सहयोग-सडक सञ्जाल परियोजनाअन्तर्गत एसियाली विकास बैंकको भारु १ अर्ब ६० करोड ऋण सहयोगमा भारत सरकारले नै पुलको निर्माण गरेको हो । 

६. नक्सालमा ट्रेडिसनल वाक वे निर्माण गरिने

करिब पाँच करोडको लागत सहित नक्सालमा परम्परागत पैदल मार्ग निर्माण हुनेउपत्यका विकास प्राधिकरणको जिल्ला आयुक्त कार्यालय काठमाडौंले परम्परागत पैदल मार्ग अर्थात् ट्रेडिसनल वाक वे निर्माण गर्ने भएको छ । महानगरपालिका वडा नं १ नक्साल क्षेत्रमा बन्न लागेको वाक वे काठमाडौं महानगरसँगको सहकार्यमा निर्माण हुने भएको प्राधिकरणले जनाएको छ । अनुमानित लगानी करिब पाँच करोड हुने भनिएको वाक वे निर्माण प्रक्रिया द्रुत रुपमा अघि बढिरहेको छ । हाल अध्ययनको काम भइरहेको जिल्ला आयुक्त कार्यालयले जनाएको छ । नक्साल क्षेत्रको सांस्कृतिक गुरुयोजना तयार गर्न डीयूडीबीसीले एप्पल इन्जिनियरिङ प्रोफेसनल कन्सल्टेन्सी कम्पनीलाई अध्ययनको जिम्मा दिइएको थियो । 

७. क्यानडामा विदेशी नागरिकलाई घर किन्न प्रतिबन्ध

क्यानडामा विदेशी नागरिकलाई घर किन्न दुई वर्षका लागि प्रतिबन्ध,क्यानडामा विदेशी नागरिकलाई घर किन्न दुई वर्षका लागि प्रतिबन्ध लगाइएको छ । कोरोना महामारी पछि घरको मूल्य अस्वभाविक रुपमा बढेपछि सरकारले आइतबारबाट नयाँ ऐन लागू गरेको हो । यससँगै आप्रवासी लगायत गैर-क्यानडियन नागरिकले क्यानडामा घर किन्न पाउनेछैनन् । घरलाई आवासिय प्रयोजनका लागि हेर्नुपर्ने भएकाले वस्तुका रुपमा लिने लगानीकर्तालाई निरुत्साहित गर्न प्रतिबन्ध लगाइएको संघीय आवास मन्त्री अहमद हुसेनले बताएका छन् । प्रतिबन्धले अस्वभाविक रुपमा महंगीएको हाउजिङ मार्केटलाई सन्तुलनमा ल्याउन सघाउ पुर्याउने अपेक्षा गरिएको छ । २०२० को तथ्यांकअनुसार कुल घर मध्ये एक प्रतिशत घर विदेशी नागरिकको नाममा रहेको पाइएको छ । यद्यपि घरको मूल्य अत्यधिक भएका क्यानडाका दुई शहर ओन्टारियो र ब्रिटिश कोलम्बियामा ६ प्रतिशत भन्दा धेरै घरका मालिक गैरक्यानडियन छन् । पछिल्लो तथ्यांक अनुसार क्यानडामा घरको औसत मूल्य ७ लाख ७७ हजार २ सय क्यानडियन डलर रहेको छ ।

  • ललितपुर इमाडोलको सितलहाइटस्थित सुन्दर घर बिक्रीमाः विस्तृत जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् । 

यस साता हाम्रो वेबसाइटमा लिस्टेड पहिलो प्रपर्टिको रुपमा शीतलहाइट इमाडोलको सुन्दर आवासिय घर रहेको छ ।  new मिलेनियम स्कुल र ग्रीन हल सिटि नजिकैको यो घर ३ आना २ पैसा २ दाममा बनेको छ । जहाँ तपाईंले १३ फिटको रोड एक्सेस पाउनुहुन्छ । पूर्वी मोहोडा भएको यस घरका प्रत्येक कोठामा तपाईंले फल्स सिलिङ्ग, काठको सिँढी, टिभी शोकेस पाउनुहुनेछ । २४ सै घण्टा पानी, बत्ती र ढल निकास लगायतका सुविधा भएको  6BHK घरमा २ वटा कार पार्क गर्न सकिन्छ । र यो घरको मूल्य चाहिँ ३ करोड १५ लाख तोकिएको छ ।

  • इमाडोलको आवासिय घरः विस्तृत जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् ।  

त्यसैगरी हाम्रो वेबसाइटमा लिस्टेड दोस्रो प्रपर्टी इमाडोल ललितपुरमा रहेको छ । घरमुलीको प्रत्यक्ष निगरानीमा बनाइएको यो सुन्दर घर ३ आना २ पैसा जग्गामा बनेको छ । १३ फिटको रोड एक्सेस भएको यस घरमा एउटा कार र केहि बाइक पार्किङ गर्न सकिन्छ । पानी, बिजूली तथा ढल निकासलगायत विभिन्न आधुनिक सुविधायुक्त यस 4BHK घरको मूल्य दुई करोड ७५ लाख तोकिएको छ । 

प्रतिक्रिया दिनुहोस्
Pin It