Market

हाउजिङका घर किन्दा विशेष छुट र प्रपर्टी साट्ने मौका पनि, कसरी हुन्छ ‘प्रपर्टी एक्सचेन्ज’ ?

Pinterest LinkedIn Tumblr

काठमाडौं । नयाँ वर्षको अवसरमा बसोबास नेपालले हाउजिङका घरहरूमा विशेष छुट दिने भएको छ । घर किन्न ईच्छुक ग्राहकहरूलाई लक्षित गरी आयोजना हुन लागेको ‘न्यू इयर सेल्स इभेन्ट’मा रोजभिल्लाका घरहरूसँग प्रपर्टी साटफेर गर्न समेत पाइनेछ ।

कार्यक्रम आगामी बैशाख ७ र ८ गते बुढानिलकण्ठस्थित रोजभिल्ला चौथो फेजमा हुनेछ । जहाँ रोजभिल्लाका ८ वटा घर किन्दा १० देखि १८ प्रतिशतसम्म छुटको व्यवस्था छ ।

इभेन्टमा सहभागी ग्राहकहरूलाई प्रपर्टिको प्राइभेट टुर र बैंकका प्रतिनिधिहरूबाट प्रपर्टीको मूल्याङ्कन सम्बन्धी जानकारी समेत दिइनेछ । त्यति मात्रै नभइ भिल्लाका घरसँग बुढानिलकण्ठ नगरपालिकाभित्र रहेका प्रपर्टि पनि साट्न पाइनेछ । 

कसरी हुन्छ प्रपर्टी एक्सचेन्ज ? 

प्रपर्टीको एक्सचेन्ज बैंकको मूल्याङ्कनका आधारमा गरिने छ । जसका लागि बैंकबाट खटिएका इन्जिनियर र बैंकका कर्मचारीले प्रपर्टी नापजाँच गरी बजार मूल्य बुझ्छन् । 

प्रायः बैंकहरूले सरकारी मूल्याङ्कनको ३० प्रतिशत र बजार मूल्यको ७० प्रतिशतको आधारबाट उपयुक्त बजार मूल्यांकन (‘फेयर मार्केट भ्यालु’) निकाल्छन् । सोही मूल्यांकनको ८० प्रतिशत रकमका आधारमा प्रपर्टीको मूल्यांकन गरिन्छ । 

यदि प्रपर्टीको सरकारी मूल्यांकन ५० लाख र चलनचल्तीको मूल्य २ करोड रुपैयाँ छ भने यसको बैंकिङ भ्यालु १ करोड ५५ लाख हुन आउँछ । सोही भ्यालुको ८० प्रतिशतसम्म मुल्याङ्कन बसोबासले दिन्छ । 

कति छ त रोजभिला चौथो फेजका घरहरूको छुटपछिको मूल्य !

  • ३ आना २ पैसा जग्गामा बनेको पहिलो युनिटको मूल्य ३ करोड २५ लाख 
  • ४ आना १ पैसा जग्गामा बनेको चौथो युनिटको मूल्य ३ करोड ९० लाख 
  • ४ आना १ पैसा  जग्गामा बनेको पाँचौं युनिटको मूल्य ३ करोड ९५ लाख
  • ३ आना ३ पैसा १ दाम जग्गामा बनेको छैठौं युनिटको मूल्य ३ करोड ७५ लाख, र
  • ४ आना १ पैसा जग्गामा बनेको आठौं युनिटको मूल्य ३ करोड ९२ लाख रुपैयाँ मात्र ।
रोजभिला पाँचौ फेजका घरहरूको छुटपछिको मूल्य:

  • ४ आना २ पैसा ३ दाम जग्गामा बनेको पहिलो युनिटको मूल्य छुटसहित ४ करोड 
  • ४ आना जग्गामा बनेको पाँचौं युनिट छुटसहित ३ करोड ७५ लाख 
  • ३ आना १ पैसा २ दाम तेस्रो युनिट छुटसहित ३ करोड ३५ लाख रुपैयाँ मात्र ।

इभेन्ट सम्बन्धी थप जानकारीका लागि ९८०१०३८८३५ तथा ९८०२३४७२६८ मा सम्पर्क गर्न सक्नुहुनेछ ।

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् । 

प्रतिक्रिया दिनुहोस्
Pin It