News

सामाजिक सञ्जाल र मतपेटिकामा देखिँदै बालेनप्रति समर्थन, यस्ता छन् उनका निर्माण सम्बन्धी एजेण्डाहरू

Pinterest LinkedIn Tumblr

काठमाडौं । वैशाख ३० मा स्थानिय तहको निर्वाचन मतदान कार्यक्रम सम्पन्न भयो । अहिले मत परिणाम गणनाले देशभरको माहोल तताएको छ । यस्तोमा काठमाडौं महानगरपालिका देशको राजधानी भएकै कारण पनि सबैका लागि चासोको विषय बन्नु स्वभाविक हो । हालसम्मको गणनालाई हेर्दा साँंगितिक जीवन र आफ्ना चुनावी एजेण्डाहरूका कारण मनग्यै ख्याति कमाउन सफल बालेन्द्र शाह (बालेन) अग्रस्थानमा रहेका छन् । 

चुनावी प्रचार देखि मतगणनाको अहिलेसम्मको अवस्थालाई हेर्दा काठमाडौं महानगरपालिकाका जनताले उनीमाथि विश्वास गरेको देख्न सकिन्छ । काठमाडौं महानगरपालिकाका लागि स्वतन्त्र मेयर उमेद्वार बालेन शाहलाई स्थापित दलकै चूनौतिको रुपमा आम जनताले हेर्दै आएका छन् । 

बालेनको घोषणापत्रमा भौतिक पूर्वाधार निर्माण शिर्षकमा छुट्टै प्रतिबद्धता सूचि त छैन । तर उनले सुचिबद्ध गरेका प्रतिबद्धताका अनुसार निर्माणमा उनले गर्नसक्ने कामको योजनालाई हामीले यसरी संकलन गरेका छौंः

बालेनका प्रतिबद्धताहरूः

  • जग्गा कर, घर कर, भाडा कर, कम्पनी कर आदिका लागि अनलाइन सेवा सुचारु गरिनेछ ।
  • हाल भइरहेका अस्पतालहरूको पूर्वाधारमा गुणस्तरिय सुधार गराउने, सेवा सुविधा उपलब्ध गराउने, स्वस्थ वातावरण सहितको सरसफाइ तथा विद्यमान स्वास्थ्यकर्मीहरूको सेवा सुविधामा वृद्धि गराइने ।
  • काठमाडौं महानगरपालिकाको स्वामित्वमा पूर्ण सुबिधायुक्त एम्बुलेन्स सेवाहरू सुचारु गरिने ।
  • कल सेन्टर मार्फत सञ्चालित भौतिक पूर्वाधार एम्बुलेन्सद्वारा सडक, ढल जस्ता पूर्वाधारको मर्मत सम्भार गरिनेछ ।
  • सबै वडा र टोल स्तरमा सार्वजनिक शौचालय निर्माण गरिनेछ ।
  • बस स्टपहरूमा फल्चा स्थापना गरिनेछ ।
  • फायर ब्रिगेड पुग्न नसक्ने साँघुरो गल्लीहरूमा ओभरहेड ट्यांकी र फायर हाइड्रन्टहरू स्थापना गरिनेछ ।
  • काठमाडौं महानगरपालिका भित्रका केहि घर भाडामा लिइ बहुतले पार्किङमा परिणत गरिनेछ ।
  • सरकारी कार्यालयहरूमा स-साना जमिन पूनर्भरण गरी पोखरीहरू निर्माण गरिनेछ ।
  • बोरिङ प्रणाली भएका सबै घरहरूमा जमिन पूनर्भरणका निम्ति रिभर्स बोरिङ अनिवार्य गरिनेछ ।
  • खाल्डाखुल्डी, ढल निकास र अन्य प्रदुषण उत्सर्जन गर्ने क्षेत्रहरूको द्रुत मर्मत सम्भार र व्यवस्थापन गरिनेछ ।
  • वडा तहमा खेलमैदान र केन्द्र निर्माण गरिनेछ ।
  • नक्साङ्कित ४२ देखि ४५ खुल्ला ठाउँहरूलाई तिनीहरूको आकार अनुसार पार्क, खेलकुद मैदान, व्यायाम र दौड गर्ने ठाउँमा रुपान्तरण गरिने छ ।
  • शारीरिक तन्दुरूस्ती, मानसिक सतर्कता र भावनात्मक रुपमा स्थिरता कायम राख्न क्यालिस्थेनिक पार्कहरूको निर्माण गरिनेछ ।
  • सन्ध्याकालिन खेलकुद प्रवर्द्धन गर्न खुला ठाउँहरूमा फ्लड लाइट जडान गरिनेछ ।
  • सरकारी कार्यालयहरूमा सिसिटिभी जडान अनिवार्य गरिनेछ ।
प्रतिक्रिया दिनुहोस्
Pin It