Decor

बाल्कोनीलाई सुन्दर बगैँचा बनाउने ५ उपाय (फोटो फिचर)

Pinterest LinkedIn Tumblr

काठमाडौं । घरलाई सुन्दर देखाउन बालकोनीको विशेष भूमिका हुन्छ, सानो बाल्कोनी होस् वा फराकिलो टेरेस, बिरुवाहरूले घरको शोभा बढाइदिन्छन् । आज हामी तपाईंको बाल्कोनीलाई बोटबिरुवाले सजाउने र आरामदायी, स्फूर्तिदायी वातावरण सिर्जना गर्ने उत्कृष्ट तरिकाहरू देखाउनेछौं ।

१. ह्याङ्गिङ पोटहरू (Hangings pots):

साँघुरो बाल्कोनीमा गमलामा आकर्षक र लहरे बिरुवा लगाएर झुन्ड्याउन सकिन्छ । यसरी डोरीले झुन्ड्याइएका गमलामा लहरिएका फूल तथा बिरुवाहरूले घरलाई आकर्षक देखाउँछ । थोरै स्पेसमा पनि मनग्यै बिरुवा अटाउन सकिन्छ ।

बाल्कोनी सजाउने रचनात्मक उपायः बोटबिरुवा तथा आकर्षक गमलासहित (फोटो फिचर)

२. ह्याङ्गिङ रेलिङ प्लान्ट (Hanging Railing plants):

ह्याङ्गिङ रेलिङ प्लान्टले तपाईंको बालकोनीलाई आकर्षक रूप दिन्छ । सजिलै सार्न मिल्नेगरी ह्याङ्गिङ बास्केट तथा भित्तामा राखिएका स्ट्याण्डमा प्लान्टहरू लगाउन सकिन्छ ।

बाल्कोनी सजाउने रचनात्मक उपायः बोटबिरुवा तथा आकर्षक गमलासहित (फोटो फिचर)

३. भर्टिकल गार्डेन (Vertical Garden):

साना गमलाको प्रयोग गरि घरको रेलिङ वा भित्तामा तलदेखि माथिसम्म फूल तथा विभिन्न बिरुवा लगाउन सकिन्छ ।  यसरी बिरुवा लगाउँदा कम ठाउँमा धेरै बिरुवा अटाउन सकिन्छ । भर्टिकल गार्डेनमा पानी तथा हेरचाह कम लाग्ने बिरुवा लगाउनु उपयुक्त हुन्छ । 

बाल्कोनी सजाउने रचनात्मक उपायः बोटबिरुवा तथा आकर्षक गमलासहित (फोटो फिचर)

४. विन्डोज बक्स (Windows boxes):

बाल्कोनी सँगैको झ्यालमा अथवा रेलिङमा  विन्डोज बक्सहरू जोड्न सकिन्छ । जसमा रङ्गिबिरङ्गी फूल सजाएर बाल्कोनीलाई आकर्षक रूप दिन सकिन्छ । विन्डोज बक्सहरू काठ, धातु, वा प्लास्टिकबाट बनाइन्छ । तपाईंले आवश्यकता अनुरूप विभिन्न आकार र शैलीहरूमा बक्स लिन सक्नुहुन्छ ।

बाल्कोनी सजाउने रचनात्मक उपायः बोटबिरुवा तथा आकर्षक गमलासहित (फोटो फिचर)

५. पोटेट ट्रि (Potted Tree):

सहरबजारमा बाक्लो घरहरू हुँदा रूख बिरुवा कम हुन्छन् । यस्तोमा स-साना रुखहरूलाई बाल्कोनीमा लगाउन सकिन्छ । जसले घरमा प्राकृतिक हावाको बहाव सिर्जना गर्दछ । र, वातावरणमा प्राकृतिक सौन्दर्य बढाउँदछ । तपाईंले बाल्कोनीमा प्रचुर अक्सिजन दिने तथा फलफूलका बिरुवा लगाउन सक्नुहुन्छ ।

बाल्कोनी सजाउने रचनात्मक उपायः बोटबिरुवा तथा आकर्षक गमलासहित (फोटो फिचर)

प्लान्टिङ बाल्कोनी सजाउन र घरमा प्राकृतिक सौन्दर्य ल्याउने सरल र किफायती तरिका हो । तपाईंले आफ्नो रोजाइ र चाहना अनुरूप बिरुवाको छनौट गरी रचनात्मक ढंगले बाल्कोनी सजाउन सक्नुहुन्छ । 

प्रतिक्रिया दिनुहोस्
Pin It