Lifestyle

घरको छतमा तुलसी रोप्दा के हुन्छ ? यस्ता छन्, जान्नैपर्ने कुराहरू

Pinterest LinkedIn Tumblr

काठमाडौं हिन्दु धर्ममा तुलसीलाई देवीको रूप मानेर यसको पूजा गर्ने गरिन्छ । तुलसीलाई वृन्दा पनि भनिन्छ । तुलसीमा देवी लक्ष्मीको बास हुने भएकाले घरमा धनको कहिल्यै कमी हुँदैन भन्ने जनविश्वास छ । तर सही दिशामा राखिएको तुलसीले मात्र शुभ फल मिल्ने हुँदा उपयुक्त दिशाको पहिचान गर्नु महत्वपूर्ण हुन्छ ।

शास्त्रमा तुलसीलाई यही दिशामा रोप्नुपर्छ भन्ने कुनै नियम नभएको ज्योतिषशास्त्रीहरू बताउँछन् । तुलसी त्यस्तो बिरुवा हो जसलाई घरको जुनसुकै दिशामा पनि लगाउँदा फाइदाजनक नै हुन्छ । त्यस्तै तुलसीलाई घरको त्यस्तो स्थानमा रोप्नु उपयुक्त हुन्छ जहाँ घरबाट निस्किँदा र घरभित्र पस्दा दाहिने पर्छ । यसका लागि घरको आँगनको बिच भागमा तुलसी रोप्न सकिन्छ ।

दिशालाई नै आधार मानेर लगाउने हो भने तुलसीको बिरुवा घरको पूर्व वा उत्तर दिशामा लगाउनु शुभ मानिन्छ । यस दिशाबाट सूर्यको सकारात्मक उर्जा प्राप्त हुन्छ । जसले घरमा सकारात्मक ऊर्जा, सुख-शान्ति, समृद्धि ल्याउँछ । तुलसीको बिरुवा नियमित पूजाआजा तथा पानी चढाउनाले पनि सकारात्मक उर्जाको प्रवाह बढ्छ । 

भनिन्छ एक हजार वृक्षले भन्दा बढी अक्सिजन एक पिपलको वृक्षले दिन्छ र एक हजार पिपलको वृक्षले भन्दा बढी अक्सिजन एक मठका तुलसीले दिन सक्छन् । यी धार्मिक र अहिलेको वैज्ञानिक मान्यताअनुसार पनि प्रमाणित भएका तथ्य हुन् । 

कहाँ रोप्नु हुँदैन तुलसीको बिरुवाः 

हिजोआज सहरी क्षेत्रमा पर्याप्त जग्गाको अभावका कारण घरको आँगनको विकल्पमा छतमा तुलसी रोप्ने गर्छन् । तर वास्तु शास्त्र र धार्मिक मान्यताहरू अनुसार तुलसीको बिरुवा घरको छतमा राख्नु अशुभ मानिन्छ । तुलसीलाई माटोमा गाडेर नै उमार्नुपर्छ भन्ने मान्यता छ । यसो हुँदा छतमा माटो राखेर नै तुलसीको लगाउँदा पनि जमिनसँग सम्पर्कविहीन हुन्छ । जसले यसको पवित्रताको ह्रास गर्छ भन्ने मान्यता छ ।

त्यस्तै, ज्योतिषशास्त्रका अनुसार कतिपय व्यक्तिको कुण्डलीमा बुधको सम्बन्ध धनसम्पत्तिसँग रहेको हुन्छ । त्यस्ता व्यक्तिले तुलसीको बिरुवा छतमा राखेमा आर्थिक नोक्सान हुन्छ । तुलसीको बिरुवा छतमा राखिएको घरमा चरा वा परेवाले गुँड बनाउँछ भनिन्छ । यो अशुभको संकेत हो । 

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It