Market

३० भन्दा बढि परिवारले प्रत्यक्ष अवलोकन गरे सीजीद्वारा निर्मित हाउजिङका घरहरू

Pinterest LinkedIn Tumblr

काठमाडौं ।  बसोबास नेपाल र सीजी होल्डिङ्सको संयुक्त आयोजनामा सञ्चालित ओपन हाउस सफलताका साथ सम्पन्न भएको छ । सीजी लेकभ्यूका प्रपर्टीको साइट भिजिट गराउने उद्देश्यले आयोजित ओपन हाउस शुक्रबार र शनिबार बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म चलेको थियो । 

ओपन हाउस घर खरिदमा इच्छुक ३० भन्दा बढि परिवारका सदस्यहरूले अवलोकन गरेका छन् । ओपन हाउसमा ग्राहकको बजेट अनुसार सुनाकोठी मा रहेको ‘सीजी भिल्लाको समेत भिजिट गराइएको थियो ।

ओपनहाउस अवलोकनका क्रममा ग्राहकहरूले सीजीका निर्माणाधीन घरहरू उत्कृष्ट रहेको प्रतिक्रिया दिएका छन् । रिङरोड नजिकै र प्राकृतिक मनोरम दृश्यावलोकन गर्न सकिने हुँदा सीजीका यी घरहरूको खरिदमा ग्राहकहरूले सकारात्मक रहेको जनाएका छन् ।

ग्राहकलाई घरबारे जानकारी गराउँदै बासु चौलागाईं र रञ्जन अधिकारी
ग्राहकलाई फुल फर्निस्ड घर भिजिट गराइदै 
सीजीका घरहरूबारे जानकारी गराउदै बसोबास सेल्स टिम 
ग्राहकहरूलाई नक्सा अवलोकन गराइँदै

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

 

प्रतिक्रिया दिनुहोस्
Pin It