Lifestyle

यी नौ रोगका लागि लज्जावती झार नै काफी छ

Pinterest LinkedIn Tumblr

काठमाडौं । हातले छुनासाथ पात ओइलाएर बन्द हुने लज्जावती झार प्रायजसो सडक किनार तथा जंगल र खेतबारीमा पाइन्छ । गाउँघरमा झारको रुपमा उखलेर फालिने यो वनस्पति औषधीय गुणले भरिपूर्ण छ । बुहारी झार, लाजवन्ती, लज्जेझार, लज्जेकाँडा आदि नामले चिनिने यस झारको वैज्ञानिक नाम माईमोसा पुदिका हो ।

आयुर्वेदमा यसलाई कफ पित्त सामाक भनेर चिनिन्छ । यसको पात र जरामा एन्टि भाइरल र एन्टि फङ्गल गुण हुन्छ । त्यसैले लज्जावतीको पञ्चाङ्ग अर्थात फल, जरा, डाँठ, पात र फूल लगायत सम्पूर्णलाई औषधीय गुणयुक्त मानिन्छ । 

पौराणिक समयबाटै महिनावारी हुँदा अधिक रक्तश्राव हुने, महिनावारी गडबडी हुने समस्याका लागि लज्जावती झार उपयोग गर्ने चलन छ । त्यस्तै; नाक बाट रगत बग्ने, मधुमेहका रोगी, डाइरिया र आउँ, घाउ तथा छालाको रोग, ग्यास्ट्रिक, जन्डिसलगायत रोगको उपचारका लागि प्रयोग गर्ने गरिएको पाइन्छ । 

लज्जावती झारले शारीरिक पीडालाई कम गर्नुका साथै पाचन प्रणालीलाई मजबुत बनाउने विश्वास गरिन्छ । साथै यो झार बिफर, दम र अल्सर, उच्च रक्तचाप जस्ता रोगका लागि पनि अचूक औषधि हो ।

वैज्ञानिक अनुसन्धान अनुसार भाँचिएको हड्डी र मांसपेशीको आन्तरिक घाउको उपचारको लागि लज्जावती झार अति उपयोगी हुन्छ । 

touch me not a medicinal herbलज्जावती झारको उपयोग गरी निको हुने नौ रोगहरूः 

खोकीः खोकी लागिरहने समस्या भएमा लज्जावती झारको जरालाई पिसेर ३ देखि ४ ग्राम महसँग खाएमा पुरानो भन्दा पुरानो खोकी पनि निको हुन्छ । साथै जरालाई पिसेर घाटीमा लेप लगाउनाले पनि खोकी ठिक गर्छ ।

रगतमासीः लज्जावती झारको पञ्चाङ्गलाई तीन ग्राम चुर्ण बनाइ दही सँग खान दिएमा रगतमासी ठिक हुन्छ ।

जन्डिसः लज्जावती झारको पातको रस पाँच देखि छ ग्राम दैनिक सेवन गरेमा पित्त बिकार हट्नुका साथै जन्डिस ठीक हुन्छ ।

पत्थरीः लज्जावती झारको पञ्चाङ्ग र दतविनको पञ्चाङ्गको पिसेर ५/५ ग्राम दिनमा चार पटक खालिपेटमा खाएमा पत्थरीलाई गाल्न मद्दत गर्छ । 

मधुमेहः मधुमेह भएमा यसका जराको काँडा बनाएर प्रतिदिन १०० ग्रामका दरले पिएमा मधुमेह ठिक हुन्छ । पुरानो घाउ तथा

खटिराः पिलो, बाघेजनै खटिरामा लज्जावती झारको जरालाई घोटेर लगाउँदा आराम मिल्छ । 

अन्डकोष सुन्निएकोः लज्जावती झारको पात पिसेर सुनिएको ठाउँमा लेप लगाउँदा आराम मिल्छ । 

नाकबाट रगत बग्ने समस्याः लज्जावतीको पञ्चाङ्गको ५ ग्राम धुलोलाई नियमित ५ दिनसम्म सेवन गर्नाले नाकबाट रगत बग्ने समस्या पूर्ण रूपमा समाधान हुन्छ । 

पायल्सः लज्जावती झारको पञ्चाङ्गको अथवा जराको ३ देखि ४ ग्राम चूर्ण मोही वा दहीसँग मिसाएर दिनमा ३ पटक खाएमा पायल्सका रोगीहरूलाई दिशा बस्दा मलद्वारबाट रगत बग्ने समस्याबाट छुटकारा मिल्छ । 

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It