काठमाडौं । लोकप्रिय अनलाईन रियलस्टेट मार्केटप्लेस जिलो (Zillow) र रेड्फिन (Redfin) च्याटजीपीटीमा जोडिएका छन् । यससँगै पछिल्लो समय चर्चामा आएको च्याटजीपीटीले घर खरिद तथा भाडामा लिन सहयोग गर्ने भएको छ ।
रेड्फिनले बुधबार र जिलोले बिहिबार आफ्नो वेबसाइटमा च्याटजीपीटीको प्लगइन गरेका हुन् ।
प्रयोगकर्ताले एआई च्याटबटलाई घर किन्ने वा भाडामा लिने योजनाबारे कुराकानी गर्नुका साथै स्थान र मूल्यबारे सोध्न सक्नेछन् । त्यसपछि च्याटजीपीटीले प्रयोगकर्ताको प्रश्नअनुसार कम्पनीको डेटावेसमा भएका डेटा उपलब्ध गराउँछ ।
यद्यपि एजेन्टसँग जोड्ने, होम भिजिट गराउने समय निश्चित गर्नेजस्ता काम भने च्याटजीपीटीले गर्न सक्दैन ।
घर तथा भाडाका लागि प्रपर्टि मार्केटप्लेसको वेबसाइटबाट नै बुक गर्ने तथा भिजिटका लागि समय लिनुपर्ने हुन्छ ।
हाल परीक्षण चरणमा नै भएकाले च्याटजीपीटीले गर्नसक्ने काम भने सीमित भएपनि ओपनएआईसँग जोडिएर भविष्यमा थप सेवा विस्तार गर्ने कम्पनीकाे याेजना छ ।