News

घरजग्गा कारोबारमा पनि च्याटजीपीटी जोडियो

Pinterest LinkedIn Tumblr

काठमाडौं । लोकप्रिय अनलाईन रियलस्टेट मार्केटप्लेस जिलो (Zillow)  र रेड्फिन (Redfin) च्याटजीपीटीमा जोडिएका छन् ।  यससँगै पछिल्लो समय चर्चामा आएको च्याटजीपीटीले घर खरिद तथा भाडामा लिन सहयोग गर्ने भएको छ । 

रेड्फिनले बुधबार र जिलोले बिहिबार आफ्नो वेबसाइटमा च्याटजीपीटीको प्लगइन गरेका हुन् ।

प्रयोगकर्ताले एआई च्याटबटलाई घर किन्ने वा भाडामा लिने योजनाबारे कुराकानी गर्नुका साथै स्थान र मूल्यबारे सोध्न सक्नेछन् । त्यसपछि च्याटजीपीटीले प्रयोगकर्ताको प्रश्नअनुसार कम्पनीको डेटावेसमा भएका डेटा उपलब्ध गराउँछ । 

यद्यपि एजेन्टसँग जोड्ने, होम भिजिट गराउने समय निश्चित गर्नेजस्ता काम भने च्याटजीपीटीले गर्न सक्दैन । 

घर तथा भाडाका लागि प्रपर्टि मार्केटप्लेसको वेबसाइटबाट नै बुक गर्ने तथा भिजिटका लागि समय लिनुपर्ने हुन्छ । 

हाल परीक्षण चरणमा नै भएकाले च्याटजीपीटीले गर्नसक्ने काम भने सीमित भएपनि ओपनएआईसँग जोडिएर भविष्यमा थप सेवा विस्तार गर्ने कम्पनीकाे याेजना छ ।

प्रतिक्रिया दिनुहोस्
Pin It