काठमाडौं । हिन्दु धर्ममा गृहप्रवेश तथा बसाइँसराइका लागि ज्योतिष तथा पुरोहितहरूको सल्लाह लिने प्रचलन छ । गृहप्रवेशलाई विशेष महत्व दिइने हुँदा घर तथा कोठा सर्न, घरको जग राख्नपनि साइत हेर्ने गरिन्छ । आजको लेखमा ०८० सालमा गृहप्रवेशका लागि अत्यन्तै शुभ र अशुभ मानिएका दिनको चर्चा गर्दैछौं ।
‘सोम खेती, बुध घर’ भन्ने जनबोली निकै प्रचलित छ । यसको अर्थ खेतीबालीको काम सोमबारबाट र नयाँ घर प्रवेश तथा नयाँ कामको सुरुवात बुधबार गर्नु भन्ने हो ।
‘बुध‘ ग्रहकोलागि समर्पित बार ‘बुधबार’ विशेषतः विथाल देव (अर्थात् कृष्णको अवतार)को पूजा गरिन्छ । त्यसैले बुधबार नयाँ कामको थालनी गर्नु अति नै शुभ मानिन्छ ।
ज्योतिष परामर्श लिन नसकिने अवस्थामा तिथि, बार र नक्षेत्र र लग्नका आधारमा पनि गृह प्रवेश गर्न सकिन्छ । यसो गरेमा घरमा सुख शान्ति कायम हुने जनविश्वास छ ।
त्यसबाहेक नेपाल पञ्चाङ्ग समितिले निकालेको साइतमा गृह प्रवेश गर्नु अत्यन्तै उत्तम मानिन्छ । यस वर्षका लागि ६ दिन घर सर्नलाई उत्तम मानिएको छ ।
ज्योतिषशास्त्रअनुसार वैशाख र माघ महिनामा गृहप्रवेश गर्नाले धनधान्यको लाभ हुन्छ । त्यसैगरी ज्येष्ठमा गृहप्रवेश गर्नाले पशु र सन्तानको लाभ हुने फाल्गुनमा गृहप्रवेश गर्नाले सन्तान र धन लाभ हुने शास्त्रमा उल्लेख छ ।
अर्कोतर्फ, चैत महिनामा गृहप्रवेश गर्नाले धनको हानी हुने र अन्य महिनामा गृहप्रवेश गर्नाले हानीका साथै र शत्रुबाट भय हुने जनविश्वास छ ।
२०८० सालको गृह प्रवेशका शुभ बार, महिना र गतेः
बार | महिना | गते |
बुधबार | जेठ | ३ गते (सूर्योदय देखि ३ घण्टाको समय) |
सोमबार | जेठ | १५ गते (बिहानको ८ बजे पछि) |
बुधबार | जेठ | १७ गते |
बुधबार | माघ | ३ गते (सूर्योदय देखि ३ घण्टाको समय) |
बुधबार | फाल्गुन | २३ गते (सूर्योदय देखि ३ घण्टाको समय) |
बिहिबार | फाल्गुन | २४ गते (सूर्योदयको सुरुको समय) |
तिथि, बार, नक्षेत्र र लग्नका आधारमा शुभ र अशुभ दिनहरूः
शुभ | अशुभ | |
तिथि | शुक्ल पक्षको द्वितीया, तृतीया,पञ्चमी, षष्ठी, सप्तमी, दशमी, एकादशी र त्रयोदशी तिथि | चतुर्थी, नवमी, चतुर्दशी |
बार | सोमबार, बुधबार, बिहिबार र शुक्रबार | आइतबार, मंगलबार, शनिबार |
नक्षेत्र | उत्तराफाल्गुनी,
उत्तराषाढा, उत्तरभाद्रपदा, रोहिणी, मृगशिरा, चित्रा, अनुराधा एवंम रेवती |
भरणी, कृतिका, अश्लेषा, मघा, पूर्वाफाल्गुनी, विशाखा, ज्येष्ठा, पूर्वाषाडा, पूर्वाभाद्रपदा, |
लग्न | वृष, सिंह, वृश्चिक र कुम्भ राशीको लग्न उत्तम हुन्छ ।
मिथुन, कन्या, धनु र मीन राशि मध्यम |
जन्मलग्न |