Vaastu

आरामदायी जीवनका लागि बेवास्ता गर्नै नहुने, बेडरुम सम्बन्धी वास्तुका नियमहरूः

Pinterest LinkedIn Tumblr

काठमाडौं । वास्तुशास्त्रमा घरको हरेक ठाउँको लागि दिशा छुट्याइएको हुन्छ ।  घरको भान्सा, पूजा कोठा र सुत्ने काेठाको आफ्नै बेग्लै महत्व हुन्छ । वास्तुशास्त्र अनुसार यी कोठा र कोठामा राखिने चीज सही दिशामा नभएमा घरमा नकारात्मक ऊर्जा प्रवाह हुन्छ । आज हामी बेडरुम अर्थात् सुत्ने कोठाको वास्तुको विषयमा कुरा गर्दैछौं । 

सुत्ने कोठाको लागि उपयुक्त दिशाः

सुत्ने कोठा भनेको प्रशस्त आराम कक्ष हो । जहाँ सामान्यतया दिनको ७ देखि ८ घण्टाको समय व्यतित हुन्छ । आराम कक्षले मानिसको दैनिकिमा प्रत्यक्ष प्रभाव पार्ने हुँदा यसको अवस्थिति र व्यवस्थापनमा विशेष ध्यान दिनु जरुरी छ । सुत्नेकोठाको लागि उपयुक्त दिशा, घरको दक्षिण पश्चिम वा उत्तर पश्चिम दिशालाई मानिन्छ । पूर्व र दक्षिण बीचको भाग अर्थात् आग्नेय कोण सुत्ने कोठा राख्नु उपयुक्त हुँदैन ।यसो गरेमा  अनिद्रा र तनावको सिकार हुने वास्तुको मान्यता छ । यस दिशामा सुत्ने व्यक्ति क्रोधी र गलत निर्णय लिने स्वभावको हुने मान्यता छ । उत्तर पूर्व र दक्षिण पूर्व दिशामा रहेको कोठामा बेडरुम बनाउनु हुँदैन । घरको उत्तर दिशामा घरका मूलीको बेडरुम हुनु अशुभ मानिन्छ । उत्तर दिशा कुबेरको दिशा भएकाले घर मूली यस दिशामा सुत्दा घरमा आर्थिक अभाव हुने वास्तुको मान्यता छ ।

कुन दिशामा सुत्ने 

विवाहित जोडीले जहिले पनि दक्षिणतर्फ टाउको पारेर सुत्नुपर्छ । दक्षिणतर्फबाट प्रवाह हुने सकारात्मक चुम्बकिय ऊर्जाले निन्द्रा र रक्त सञ्चारमा बाधा नगरी सजिलै शरिरमा प्रवेश गर्न पाउँछ । पूर्वपट्टि सिरानी बनाएर सुत्दा विद्या बढ्छ । उत्तर सिरान बनाउदा हानि वा मृत्युसमान कष्ट हुन्छ, पश्चिमतर्फ सिरानी बनाउदा अत्यधिक चिन्ता हुन्छ भने दक्षिण सिरानी बनाएर सुत्दा धन र आयु वृद्धि हने वास्तुको मान्यता छ । सुतेको समयमा व्यक्तिको खुट्टा ढोकातर्फ नहुने गरि सुत्नेकाेठा बनाउनुपर्दछ । 

वास्तु सम्बन्धी थप जानकारीका लागि तलका लिङ्कमा क्लिक गर्नुहाेस्ः

के तपाईंको घरमा सुख शान्ति वैभवकाे कमी छ ? कतै भान्छाकाे वास्तुले त फरक पारिरहेको छैन !
वास्तुका यी आधारभूत सुझाव पालना गर्दा घरमा कहिल्यै धनसम्पती र सुखशान्ति को कमी हुँदैन।
वास्तु अनुसार घर बनाउनुअघि ख्याल गर्नुपर्ने कुराहरु

वास्तुशास्त्र अनुसार सुत्ने कोठामा गर्नै नहुने कुराहरुः

  • सुत्ने बेलामा कहिले पनि सिरानीतर्फ पानी राख्नु हुँदैन । यसले चन्द्रमा प्रभावित हुनेहुँदा मनोरोग पैदा गर्छ  ।
  • सुत्ने बेलामा जुत्ता चप्पल सिरानी माथि अथवा खुट्टा मुनि राख्नु हुँदैन । सुत्ने कक्षमा जुत्ता चप्पल नराख्दा शुभ हुन्छ ।
  • मोबाइल, ल्यापटप जस्ता इलेक्ट्राेनिक सामग्रीहरु सिरानी माथि राखेर सुत्नु हुँदैन । यी सामाग्री राहुसँग सम्बन्धित हुने हुँदा यसले राहुदोष उत्पन्न गर्छ ।
  • सिरानी माथि पर्नेगरी कुनै पनि किसिमका तेल राखेर सुत्नु हुँदैन । यसले विभिन्न समस्या उत्पन्न गराउछ ।
  • आफु सुत्ने पलङ अगाडी ऐना राख्नु हुँदैन । यसले रोग निम्त्याउँछ ।
  • सुत्ने ओछ्यानमा बसेर खाना कहिले नखानुहोस् । यसले घरमा अशान्ति निम्त्याउँछ, साथ ऋण लाग्दछ ।
  • बेडरुममा रुखबिरुवा राख्नुहुँदैन । रुखबिरुवाले राति कार्बन्डाइडअक्साइड फाल्ने र अक्सिजन लिने हुँदा मानिसका लागि घातक हुन्छ।
  • बेडरुममा डरलाग्दा तस्वीर पनि राख्नुहुँदैन।

प्रतिक्रिया दिनुहोस्
Pin It