Lifestyle

मासुका १० परिकारहरूः दशैंको भोजनमा फरक स्वाद 

Pinterest LinkedIn Tumblr

काठमाडौं । दशैंको समयमा सबैभन्दा धेरै खपत हुने खानेकुरामा पर्छ ‘मासु’ । दशैंमा विशेषतः खसी, राँगा, बंगुर,  हाँस, कुखुरा, माछा जस्ता मासुजन्य परिकार खाने गरिन्छ । अन्य समय भन्दा दशैंमा मासुको बढि महत्व हुने हुँदा पक्कु, ग्रेभी मासु, भुटन, रोस्ट, साँधेको मासु जस्ता परिकारहरू लोकप्रिय छन् । 

यी भन्दा बाहेक पनि मासुका परिकार बनाएर दशैँको भोजनलाई स्पेसल बनाउन सकिन्छ । जसको संक्षिप्‍त जानकारी तल समेटिएको छः

१. पक्कु

अधिकांश घरहरूमा दशैंको अवधिभर मासु हुन्छ । तर मासुलाई स्टोर गरेर राख्नका लागि फ्रिज जस्ता उपकरण नभएमा मासु बिग्रिने र बिग्रीएको मासुले स्वास्थ्यमा पनि हानी पुग्ने हुन्छ । मासुलाई धेरै दिनसम्म खानयोग्य हुने गरी राख्नका लागि पक्कु बनाइन्छ । पक्कु आफ्नो रुचिअनुसार जुनसुकै मासुको पनि बनाउन सकिन्छ । पक्कु बनाउन काँचो धनियाँ र जिरा, बेसार, रातो धुलो खोसार्नी, तोरीको तेल, ल्वाङ, सुकुमेल, दालचिनी, तेजपत्ता र गरम मसाला आवश्यक पर्छ । 

pakku

२. सुकुटी 

सुकुटी भनेको सुकेको मासु हो । प्रायजसो मासुलाई आगो र कोइलाको माथि झुन्ड्याएर सुकाइन्छ । घाममा सुकाएर अथवा चिम्नीमा झुन्ड्याएर पनि सुकुटी बनाइन्छ । सुकुटी रुचि अनुसार खसी, बोका, कुखुरा जुनसुकै मासुको पनि बनाउन सकिन्छ । सुकेको मासु लामो समयसम्म राखेर खान मिल्छ । सुकुटीको सुप, फ्राइ गरेर, साँधेर तथा नर्मल करी बनाएर पनि खान सकिन्छ ।

sukuti

 २. भुटन

भुटन आन्द्रा, भुँडी, रगत, अण्डकोष, जिब्रो, कलेजो, मृगौला जस्ता अङ्गहरूबाट बनाइने परिकार हो । भुटन खसी, राँगा, बुङ्गुरको आन्द्राभुँडी पनि बनाउन सकिन्छ ।  

bhutan

३. रोस्ट

मासु पारखीहरूको रोजाइमा पर्ने परिकार हो चिकेन रोस्ट । मासुमा बेसार, नुन, गरम मसला, मिट मसला, धुलो खोर्सानी, लसुन, अदुवाको पेस्टसँगै कागतीको रस र अण्डा राखी मासु हल्का नरम भएपछि तेलमा डुब्ने गरि फ्राइ गरिन्छ । रोस्टलाई सामान्यतः अचारसँग खाइन्छ । तर, आ–आफ्नो स्वाद अनुसार यसलाई जसरी पनि खान सकिन्छ ।

rost

४. कवाब 

मासुको किमालाई मरमसला हालेर रोटी जस्तो आकार दिई तेलमा तारी कवाब बनाइन्छ । कबाव जुनसुकै जनावरको मासुबाट पनि बनाउन सकिन्छ ।  

kewab

६. सेकुवा

मासुलाई विभिन्न मसलाहरूमा मासु मोलेर, कोइलामा वा आगोमा पोलेर सेकुवा बनाइन्छ । आफ्नो रुचि अनुसार कुखुरा, अस्ट्रिच, हाँस, खसी, बफ, पोर्कलगायतको सेकुवा बनाउन सकिन्छ । सेकुवालाई चिउरा, भुजा, खानासँग अथवा सलादसँग पनि खान सकिन्छ । 

sekuwa

७.छोइला 

परम्परागत रूपमा भैँसीको मासुबाट बनाइने छोइलालाई अन्य मासुबाट पनि बनाउन सकिन्छ । छोइला दुई प्रकारका हुन्छन्, मन छोइला र हाकु छोइला । मनको अर्थ ‘उमालेको’ र ‘हकु’ भनेको ‘कालो’ हो जसलाई आगोमा पकाएको मासु भनिन्छ ।

choila

८. साँधेको मासु

मासुका विभिन्न परिकारमा साँधेको मासु धेरैले रुचाउँछन् । साँधेको मासुलाई विशेषगरी खाजाको रूपमा प्रयोग गरिन्छ । नुनिलो, पिरो आवश्यकभन्दा धेरै हुनु नै साँधेको मासुको पहिचान हो । 

Sadheko masu

९. तरुवा

तारेर तयार पारिने मासुको परिकार नै तरुवा हो । खसी, बोका, कुखुरा जुनसुकै मासुको पनि बनाउन सकिन्छ । 

Taruwa

१०. करी 

मासुलाई पकाएर त्यसमा टमाटर र दही हालेर ग्रेभी बनाइ पकाइन्छ । करी आफ्नो रुचिअनुसार खसी, बोका, कुखुराको मासुबाट बनाउन सकिन्छ । यसलाई चिउरा वा खानासँग खाने गरिन्छ । 

mutton curry

बसोबासमा लिस्टेड अन्य प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It