News

जेनविश होम्स: शहरी जीवनशैलीलाई व्यवस्थित गर्दै एउटा उत्कृष्ट हाउजिङ

Pinterest LinkedIn Tumblr

काठमाडौं । सुबिधा सम्पन्न बसाइ हरकोहीको चाहना  हुन्छ । यद्यपी नेपालको परिप्रेक्ष्यमा सुविधायुक्त बसाइ कम चुनौतिपूर्ण भने छैन । कहिले पानी, बिजूलीबत्ति, अनि कहिले शिक्षा त कहिले स्वास्थ्यको विषयलाई लिएर सकस झेल्नुपर्ने हुन्छ । यावत् अवस्थालाई मध्यनजर गर्दै हिजोआज शहरबजारमा विभिन्न कोलोनी, क्लस्टरहाउजिङ र अपार्टमेन्टको अभ्यास भइरहेको छ ।

आज हामी कुरा गर्दैछौँ जेनविशले निर्माण गरिरहेको सूर्यदर्शन हाइट टोखामा बनेको नयाँ क्लष्टर हाउजिङको बारेमा ।

मानिसहरू शहर त रुचाउँछन्, तर व्यवस्थित शहर । काठमाडौं कै कुरा गर्नुपर्दा व्यापारिक क्षेत्र र आवासीय क्षेत्रलाई व्यवस्थित रुपमा छुट्याइएको छैन, फलस्वरुप शहर अस्तव्यस्त देखिन्छ । उपत्यकाको उत्तरी भागमा अत्यन्तै मनोरम सुन्दर ठाउँ छ । जहाँबाट शहरको सुखसुविधा र प्रकृतिको अनुपम छटा दुवैको आनन्द लिन सकिन्छ । यसैकारण पनि हुनसक्छ, हिजोआज टोखा क्षेत्रमा मानिसहरूको आकर्षण निकै बढिरहेको छ । यसैबीच जेनविशको क्लष्टर हाउजिङमा ती सबै सुविधा छन्, जसको नियमित उपभोग मानिस चाहन्छ ।

क्लष्टर हाउजिङका आकर्षक पक्ष

यो आकर्षक क्लष्टर हाउजिङ, ग्रान्डी अस्पताल र ग्रान्डी अपार्टमेन्ट नजिकै रहेको सूर्यदर्शन हाइटमा छ । शहरसँग जोडिएको भएपनि कोलाहल र धुवाँ धुलोको सिधा असर पर्दैन । क्लष्टर हाउजिङबाट मनोरम प्राकृतिक दृष्यावलोकन गर्न सकिन्छ । यहाँबाट मानव निर्मित र प्राकृतिक दुवै पक्षको आनन्द लिन सकिन्छ ।

क्लष्टर हाउजिङको निर्माण पक्ष

सबैभन्दा पहिले निर्माण पक्षको कुरा गरौँ । क्लष्टर हाउजिङ निर्माण कार्यमा गुणस्तरीय सिमेन्ट तथा कच्चा पदार्थको प्रयोग गरिएको छ । जसको कारण भविष्यमा आउनसक्ने विपदको अवस्थामा समेत निर्धक्क हुन सकिन्छ । साथै हामी नेपालीहरूको आस्था र विश्वासको वास्तुशास्त्रका नियमलाई समेत अबलम्वन गरिएको छ । इन्टरनेट तथा विजुलीका तारहरू जमिन मुनि बिच्छ्याइएको हुँदा वस्तीमा तारहरूको अल्झन देखिँदैन । स्मार्ट भवन डिजाइन  हेर्दा पनि राम्रो, सफा र आकर्षक देखिन्छ । हाउजिङ प्रवेश गर्ने बाटो २० फिट फराकिलो छ भने वस्ती भित्रको बाटो १६ फिट फराकिलो छ ।

क्लष्टर डिजाइन

हाउजिङका क्लष्टरहरू A, B, C, D र E गरी पाँच क्याटेगोरीका ब्लकहरूमा डिजाइन गरिएका छन् । जग्गाको आकार र प्रकृति अनुसार क्ल्स्टरहरू डिजाइन गरीएको छ । A देखि D सम्मका क्ल्स्टर साढे दुई तलाका हुनेछन् भने E अन्तर्गतका सबै क्लष्टर साढे तीन तलाका हुनेछन् । जसमा A क्याटेगोरी अन्तर्गत 4BHK फ्लाट सहितका साढे दुई तल्लाका तीन वटा, 3BHK दुई वटा फ्लाट हुनेछन् । त्यस्तै B र C ब्लकका सम्पूर्ण क्लष्टर 3BHK छन् भने डी ब्लकका ५ वटा फ्लाट 3BHK हुँदा एउटा 4BHK हुनेछन् । त्यसैगरी E ब्लकमा एउटा 4BHK, चार वटा 5BHK र दुई वटा 6BHK रहेने छन् । साथै E ब्लकमा सामान्य व्यवसाय गर्नका लागि उपयुक्त क्लष्टरहरू छन् । हाउजिङका क्लष्टरहरू तीन आना देखि ५.१८ आना क्षेत्रफलमा फैलिएका छन् । घरको साइज, जग्गाको फैलावट,अवस्थिति र  तलाको आधारमा घरको मूल्य निर्धारण गरिएको छ ।

क्लष्टर हाउजिङमा उपलब्ध सेवासुविधा केके छन् त ?

पानी

पानी को समस्याले काठमाडौंका बासिन्दालाई दिएको हैरानी जोकोहीले महसुस गर्न सक्छ । यस्तोमा जेनविशले निर्माण गरेको यो क्लस्टर हाउजिङमा जमिनमुनि बाट ल्याएको बोरिङको पानी उपलब्ध छ । साथै ढल निकासको पनि राम्रो व्यवस्था रहेको छ । जमिनमुनि छ हजार देखि आठ हजार लिटरसम्म पानी रिजर्भ गरिएको छ भने प्रत्येक घरको छतमा एक हजार लिटरको पानी ट्याङ्की राखिएको छ ।

शिक्षा तथा स्वास्थ्य

स्वास्थ्य र शिक्षा जस्ता आधारभूत आवश्यकमा सम्झौता गर्ने कुरा त पक्कै भएन । कहिलेकाहीँ स्वास्थ्यमा गाह्रो साह्रो पर्दा नजिकमा राम्रो अस्पताल हुनुले जीवनयापनलाई निर्धक्क बनाउँछ । त्यसमा पनि पाँच सय मिटरको दूरीमा ग्रान्डी अस्पताल हुनु भनेको यो क्लस्टर हाउजिङको मुख्य आकर्षणको पाटो हो ।  त्यसैगरी अर्को चासोको विषय हो शैक्षिक संस्था । बालबालिकालाई गुणस्तरीय शिक्षाका लागि घरबाट टाढा धाउनुपर्ने अवस्था भएन भने धेरै हदसम्म चिन्ताबाट मुक्ति मिल्दछ । त्यसो त यसको समाधानका लागि पनि ५० मिटरको दूरीमा एन्जल्स प्याराडाइज प्रि-स्कुल रहेको छ । त्यस्तै १ किलोमिटरको दूरीमा त्रियोग हाईस्कुल छ ।

यातायात तथा पार्किङ

यो क्लष्टर हाउजिङ ठमेल, बालाजु, लाजिम्पाट र सामाखुसी जस्ता प्रमुख व्यापारीका केन्द्रको नजिक भएकाले पनि बसोबासका लागि उपयुक्त रोजाइ बनेको हो । साथै उपत्यका भित्र तथा बाहिरका ठाउँहरूमा यात्राका लागि पनि एकदम पायक पर्ने स्थानमा हाउजिङ अवस्थित छ ।

पार्किङ सार्वजनिक सवारीमा खप्नुपरेको सास्तीबाट छुटकारा पाउनकै लागि पनि आफ्नो साधन होस् भन्ने चाहना सबैको हुन्छ । यस्तोमा साधन अनुसार पार्किङ भएन भने जगेर्ना हुने त कुरै भएन । यसो हुँदा यो हाउजिङका प्रत्येक घरमा दुई वटा मोटरसाइकल र एउटा कारको पार्किङ क्षमता हुनु अति फाइदाजनक छ ।

 अन्य

सपिङ पारखीका लागि आठ सय मिटरमा भाटभटेनी सुपरमार्केट अवस्थित छ । त्यस्तै, बैंकिङ कारोबार, सपिङ तथा मनोरञ्जनका लागि एक किलोमिटरको दूरीमा बिगमार्ट, बैंक र टोखा पार्क समेत रहेका छन् । सुरक्षा प्रत्याभूतिका लागि नजिकैमा प्रहरी चौकी पनि रहेको छ ।

रकम भुक्तानी प्रक्रिया

यस हाउजिङमा बस्न चाहनेहरूका लागि कम्पनीले भुक्तानी प्रक्रियामा समेत सहजिकरण गरेको छ । निर्माणको सुरुवातमा २० प्रतिशत भुक्तानी गर्नुपर्ने हुन्छ । त्यसैगरी कन्स्ट्रक्सन र सुपर कन्स्ट्रक्सनको बेलामा २०/२० प्रतिशत का दरले भुक्तानी गर्नुपर्ने हुन्छ । स्वामित्व हस्तान्तरण गर्ने बेलामा ४० प्रतिशत रकम भुक्तानी गर्नुपर्ने हुन्छ । यदि तपाईंसँग पर्याप्त रकम छैन भने पनि तत्काल २० प्रतिशत मात्रको लगानीमा नै पहिलो तल्लाको निर्माण गरिन्छ ।  साथै जेनविश होम्सको बैंकिङ पार्टनरका रुपमा नेपाल इन्भेस्टमेन्ट बैंक र सिटिजन बैंक रहेका छन् । जसअन्तरगत घरको कूल लागतको ४० प्रतिशत होमलोन उपलब्ध गराउने व्यवस्था रहेको छ ।

नोटः क्लष्टर हाउजिङ विकासको यस्तो योजनाबद्ध स्वरुप हो, जहाँ निश्चित जमिनलाई डिजाइन गरी पर्याप्त भौतिक सुविधाहरूको व्यवस्था गरिएको हुन्छ । जसको आधारमा सुविधाजनक जीवनशैलीको परिकल्पना गरिएको हुन्छ । साथै उक्त क्षेत्रका बासिन्दाले साधारण दैनिकी, प्राकृतिक सौन्दर्य र स्वास्थ्य तथा शिक्षा सेवाका लागि चिन्तित हुन पर्दैन । यसलाई शहरी क्षेत्रमा भइरहेको विकासको एक सकारात्मक पाटोका रुपमा लिन सकिन्छ ।

Zenwish Cluster Housing Type A →

Zenwish Cluster Housing Type B →

 

प्रतिक्रिया दिनुहोस्
Pin It