News

के छ बसोबासको ‘एउटा हातमा घर, अर्को हातमा सुन’ योजनामा ?

Pinterest LinkedIn Tumblr

काठमाडौं । लोकप्रिय घरजग्गा कम्पनी बसोबास डटकमले चाडपर्वलाई लक्षित गर्दै ‘एउटा हातमा घर, अर्को हातमा सुन’ अफर ल्याएको छ । बसोबासले नेपालीहरूको महान चाड दसैं, तिहार तथा छठ पर्वको अवसर पारी केही प्रपर्टिहरूमा लागू हुनेगरि अफर ल्याएको हो ।

सीई कन्स्ट्रक्सन,  एबिसी प्रालि र सीडी कन्स्ट्रक्सनका घर तथा अपार्टमेन्टको खरिदमा ग्राहकले अफरको लाभ उठाउन सक्नेछन् ।

बसोबासबाट घर खरिद गर्ने प्रत्येक भाग्यशाली खरिदकर्तालाई उपहारस्वरूप २० देखि १०० ग्रामसम्म सुन दिइनेछ । 

सीमित समयका लागि सार्वजनिक गरिएको यो अफर सीई कन्स्ट्रक्सनद्वारा निर्मित ग्रान्डी टावर, रिट्रिट अपार्टमेन्ट, थापाथली अपार्टमेन्ट, बाफल रेसिडेन्सी, लेक भ्यू अपार्टमेन्ट पोखरा, भोटेबहाल प्लाजा, कौशलटार प्लटिङ र निलबाराही हाउजिङका घर तथा अपार्टमेन्टमा लागू हुनेछ । 

त्यसैगरी एबीसी प्रालिद्वारा निर्मीत रोज भिल्ला चौथो र पाँचौं फेज र सीडी कन्स्ट्रक्सनद्वारा निर्मित आकृति होम्सका घर तथा अपार्टमेन्ट खरिदमा पनि अफर राखिएको छ ।

ग्रान्डी टावर, रिट्रिट अपार्टमेन्ट र रोजभिल्ला हाउजिङ बाहेकका अपार्टमेन्ट तथा हाउजिङहरू निर्माणको चरणमा रहेका छन् । 

यी हाउजिङका घरहरूको मुल्य २ करोड ६३ लाख देखि ६ करोड ७६ लाख सम्म तोकिएको छ । साथै 1BHK  देखि  4BHK सम्मका अपार्टमेन्टहरूको मूल्य प्रतिवर्गफिट ७९ लाख २४ हजार देखि ९ करोड ७७ लाख ६० हजार तोकिएको छ  । 

प्लटिङका जग्गाको भने  ४ आना २ दाम देखि ५ आना ३ पैसा क्षेत्रफलका जग्गाको मूल्य प्रतिआना ४१ देखि ४२ लाख तोकिएको छ । 

‘एउटा हातमा घर, अर्को हातमा सुन’ अफरसम्बन्धी थप जानकारीका लागि 9801038835 तथा 9801038851 मा सम्पर्क गर्न सक्नुहुनेछ ।

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It