काठमाडौं । विन्ड चाइमले घर सजाउन धेरैलाई मनपर्छ । कसैलाई यसको स्वरुप मनपर्छ त कसैलाई यसको ध्वनि । मन्द चलेको बतासमा सुमधुर आवाज निकाल्ने विन्ड चाइमलाई उपयुक्त स्थानमा राख्नाले सकारात्मक ऊर्जा प्रवाह गर्ने जनविश्वास छ ।
यहाँ समेटिएका छन्ः
- किन लगाउने विन्ड चाइम ?
- विन्ड चाइम राख्न उपयुक्त दिशा
- विन्ड चाइमका प्रकारहरूः
- कहाँ कस्तो विन्ड चाइम लगाउने ?
- चाइम राख्न नहुने स्थानहरूः
चिनियाँ वास्तुशास्त्र फेंग शुईका अनुसार, विन्ड चाइमले प्रकृतिका पञ्च तत्त्व हावा, अग्नि, पृथ्वी, धातु र जलको प्रतिनिधित्व गर्दछ । यसको मधुर ध्वनिले यी पाँच तत्त्वहरूबीच सन्तुलन र समन्वय स्थापना गर्छ । विन्ड चाइमबाट निस्कने आवाजलाई चिनियाँहरूले ‘ची’ भन्छन्, जसलाई जीवन ऊर्जाको प्रतीक मानिन्छ ।
किन लगाउने विन्ड चाइम ?
फेंग शुई र वास्तुशास्त्र अनुसार विन्ड चाइमको मधुर ध्वनिले घरमा सन्तुलन कायम गर्ने र सकारात्मक ऊर्जा प्रवाह गराउँछ । हावाको बहावसँगै विन्ड चाइमबाट निस्कने मीठो ध्वनिले घरभित्रको अशुभ ऊर्जालाई हटाएर सौभाग्य र सकारात्मकता ल्याउने विश्वास गरिन्छ ।

विन्ड चाइमको मधुर ध्वनिले Sound Healing को काम गरी तनाव घटाउने, एकाग्रता बढाउने र अनिद्रा समस्यामा सहयोगी मानिन्छ । मनोविज्ञान अनुसार, यस्तो मधुर ध्वनिले मस्तिष्कमा ‘सेरोटोनिन’ र ‘डोपामिन’ जस्ता ह्याप्पी हर्मोन उत्पादन गराउँछ । जसले हामीलाई मानसिक रूपले स्थिर बनाउँछ ।
विन्ड चाइम राख्न उपयुक्त दिशा
फेंग शुई अनुसार, विन्ड चाइमलाई ढोका वा झ्यालको छेउमा झुन्ड्याउनु राम्रो मानिन्छ । यसरी झुन्ड्याउँदा विन्ड चाइम सिधै हावाको सम्पर्कमा आउँछ । यसरी हावामा विन्ड चाइम हल्लिएर ध्वनि आइरहँदा सकारात्मक ऊर्जा पनि सञ्चार भइरहन्छ । यस्ता विन्ड चाइमलाई सही दिशामा लगाउनाले घरमा समृद्धि आउनुका साथै दुर्घटनाको सम्भावना पनि कम भएर जाने जनविश्वास छ ।
विन्ड चाइमका प्रकारहरूः
फेंग शुई अनुसार विन्ड चाइम धातु, बाँस, काठ, क्रिस्टल, सेरामिक आदि सामग्रीबाट बनाइन्छ । हरेक सामग्रीले फरक ऊर्जा प्रभाव गर्छ ।

काठबाट बनेका विन्ड चाइमः पूर्व र दक्षिण दिशा अर्थात् आग्नेय कोण काठसँग सम्बन्धित छ । त्यसैले काठबाट बनका विन्ड चाइमलाई यस दिशामा लगाउनु शुभ मानिन्छ ।
धातु बनेका विन्ड चाइमः पश्चिम, उत्तर वा उत्तर-पश्चिम दिशामा लगाउनु उपयुक्त मानिन्छ । पश्चिम दिशामा झुन्ड्याइएको कुनैपनि सामग्रीले बनेको को विन्ड चाइमले घरका सदस्यहरूलाई सकारात्मक ऊर्जा प्रदान गर्छ । धातुको विन्ड चाइमले विशेषगरी नकारात्मक ऊर्जालाई दबाउने विश्वास गरिन्छ ।
कहाँ कस्तो विन्ड चाइम लगाउने ?
मुख्य प्रवेशद्वारः घरको मुख्य प्रवेशद्वारमा ४ वटा रड भएको भएको विन्ड चाइम झुन्ड्याउदा घरको वास्तु दोषहरू हट्छन् ।
बैठक कोठाः मा वास्तु दोष हटाउन छ वटा रड भएको विन्ड चाइम झुन्ड्याउनुपर्छ । विन्ड
चाइम राख्न नहुने स्थानहरूः
भान्साकोठा र पूजा कोठाः यी स्थानलाई देवी–देवताको स्थानका रुपमा मानिने भएकाले यहाँ विन्ड चाइम राख्दा घरकी महिलाको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्छ ।

शौचालय वा बाथरूमः को छेउछाउमा नकारात्मक ऊर्जा (negative energy) प्रवाह हुने हुँदा सकारात्मक प्रभाव कमजोर हुन जान्छ ।
विन्ड चाइमको आवाज शान्त, मधुर र सौम्य हुनु पर्छ । निकै ठूलो वा तीव्र आवाजले वास्तुमा अशान्ति निम्त्याउन सक्छ ।
घर तथा जग्गा खरिदबिक्रि गर्न बसोबास डटकम भिजिट गर्नुहोला ।