News

भवन नबन्दै प्रमाणपत्र दिने वडाध्यक्ष ‘५० हजार’ घुससहित पक्राउ 

Pinterest LinkedIn Tumblr

काठमाडौं । सप्तरीमा निर्माणाधिन भवनलाई सम्पन्नताको प्रमाणपत्र दिन घुस लिएको आरोपमा वडाअध्यक्ष्य पक्राउ परेका छन् । अग्निसाइर कृष्णासवरण गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष  सब्दुल मियाँ ५० हजार घुससहित पक्राउ परेका हुन् । 

मियाँले हिरावती आधारभूत विद्यालय बकधुवाको भवन निर्माण सम्पन्न सिफारिसका लागि सेवाग्राहीबाट घुस लिएका थिए । सूचना पाएलगत्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरी कार्यालयबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको थियो । 

सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना र उजुरीको आधारमा अख्तियारले मियाँलाई विद्यालयबाटै मंगलबार पक्राउ गरेको बताइएको छ ।

हाल मियाँलाई हिरासतमा लिइ थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ । 

बसोबासमा लिस्टेड अन्य प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It