Lifestyle

घरका भित्ता सजाउन वास्तु हेर्न जरुरी हुन्छ ? यस्ता छन् जान्नैपर्ने कुराहरू

Pinterest LinkedIn Tumblr

काठमाडौं । घरको भित्तालाई कलात्मक ढंगले सजाउनु पनि इन्टेरियर डिजाइनको एक महत्वपूर्ण पाटो हो । जसले घरमा सञ्चार हुने ऊर्जामा नै फरक पार्दछ; र सबैमा सकारात्मक सोचको विकास गराउन विशेष भूमिका खेल्छ । घरको भित्तालाई आकर्षक र सकारात्मक ऊर्जामय बनाउन निम्न उपाय अपनाउन सकिन्छः

फोटो फ्रेम वा पेन्टिङः

घरका भित्ताहरूमा सजावटका लागि विभिन्न किसिमका फ्रेमहरू लगाइन्छ । वास्तुअनुसार शुभ मानिने तस्विरहरू (दौडिँदै गरेका घोडाको तस्वीर, मयुरलगायत विभिन्न पंक्षीका तस्वीर तथा विभिन्न फूलहरूका तस्वीर) लाई सही दिशा छनौट गरेर लगाइन्छ । साथै परिवारको पहिचान र एकता झल्किने किसिमका तस्विरहरू लगाएर पनि घरका भित्तालाई आकर्षक र परिवारमैत्री बनाउन सकिन्छ । यसबाहेक ‘पानी’सँग सम्बन्धित फोटो फ्रेम, विभिन्न क्यानभासहरू राख्न सकिन्छ । जसले सकारात्मक ऊर्जाको प्रवाहलाई प्रोत्साहन गर्छ र विचार, एकाग्रता, र भावनात्मक सन्तुलनलाई बढावा दिन्छ ।

काठ तथा धातुका शोपिसहरूः

हिजोआज काठ तथा धातुबाट बनेका शोपिस, फोटो, प्रेरक उद्धरण भनाइ लेखेर भित्तामा सजाउने प्रचलन बढ्दो छ । यसले भित्तालाई आकर्षक बनाउनुका साथै घरको सुन्दरता पनि बढाउँछ ।

भित्ते घडीः

wall clock

‘भित्ते घडी’ अधिकांश घरका भित्तामा सजाउने गरेको पाइन्छ । यसले जीवनको खराब समयलाई हटाउने विश्वास गरिन्छ । प्राचीन दृष्यको झलकका लागि पेन्डुलम घडी प्रयोग गर्न सकिन्छ । यस्ता घडीले निकाल्ने टिक टिकको आवाजका कारण सम्पूर्ण परिवार नै सक्रिय रहने जनविश्वास छ । साथै, यसले घरको वातावरणलाई पनि ऊर्जाशील राख्छ ।

ऐनाः 

भित्तामा राखिने ठूलो ऐनाले पनि कोठाको आकर्षण बढाउँछ । दिशा मिलाएर राखेको ऐनाले वास्तुदोष हटाउनुका साथै घर परिवारमा आर्थिक सम्पन्नता र खुसियाली ल्याउने जनविश्वास छ । ऐनाले शत्रुको नाश गर्ने मान्यता पनि छ ।

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।  
प्रतिक्रिया दिनुहोस्
Pin It