Lifestyle

बडा दशैँको मुख्य दिन विजयादशमीः टिकाको उत्तम साइत बिहान ११ः०२ बजे

Pinterest LinkedIn Tumblr

काठमाडौं । आज आश्विन शुक्ल दशमी अर्थात् विजयादशमी, देशैभर मान्यजनको हातबाट रातो टीकाको साथमा समृद्धिको प्रतीक जमरा लगाइ आशीर्वाद ग्रहण गरी मनाइँदै छ ।

दशैँघरमा प्रतिपदाको दिनदेखि गरिएको पूजाआराधना विधिपूर्वक विसर्जन गरी नवदुर्गाको प्रसादका रूपमा   मान्यजनबाट टीका र जमरा लगाउने प्रचलन छ ।

यस वर्ष देवी विसर्जनको साइत बिहान १०ः३७ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि समितिले मंगलबार बिहान ११:०२ बजेको तोकेको छ । 

टीकाको दिन पश्चिम फर्केर दुर्गा भवानीको प्रसाद आफ्नो मान्यजनका हातबाट ग्रहण गर्नाले सुख, शान्ति, ऐश्वर्य, यश, कृति, लाभ, विजय, आयु, सुस्वास्थ्य तथा मनोकामना पूर्ण हुने शास्त्रोक्त कथन रहेको छ । 

शास्त्रीय मान्यता अनुसार विजयादशमी आफैँमा शुभ दिन भएकाले  सामान्य मानिसलाई टीका र प्रसाद ग्रहण गर्न साइत चाहिँदैन । 

विजयादशमीको दिन देश, काल र परिस्थिति अनुसार जतिबेला पनि टिका र जमरा ग्रहण गर्न सकिनेछ ।

बसोबासको तर्फबाट सम्पूर्ण पाठक तथा ग्राहकवर्गमा असत्यमाथि सत्यको विजय भएको दिन अर्थात् विजयादशमीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It