News

एक करोडको निजी लगानीमा बनेको नौ’तले भ्यूटावर 

Pinterest LinkedIn Tumblr

काठमाडौं । झापाको बिर्तामोडमा नौ तले भ्यू टावर निर्माण सम्पन्न भएको छ । भ्यूटावर करिब एक करोड निजी लगानीमा पर्यटक आकर्षित गर्ने उद्देश्यले निर्माण गरिएको हो । बिर्तामोड–२ मुक्तिचोकबाट दुई किलोमिटर दक्षिणमा अवस्थित भ्यूटावर आठ बिघा निजी जग्ग्गामा बनेको छ ।

शिक्षासेवी जयनारायण ढुङ्गानाद्वारा निर्मित श्रीजय ड्रिमल्याण्ड पार्क र भ्यूटावर एकसाथ छन् ।  ढुङ्गानाले विगत छ वर्ष पहिले पार्क र भ्यूटावर निर्माण सुरु गरेका थिए । 

झापाको मूख्य व्यापारिक केन्द्र बिर्तामोडमा रहेको यो भ्यूटावर र पार्कले आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने  अपेक्षा गरिएको छ । 

सो पार्कमा लिची, आँप, अम्बालगायत विभिन्न प्रजातिका फलफूलका बोट हुर्किरहेका छन् । घुम्न आउने पर्यटकले बगैँचामा ताजा फलफूल किनेर खान पाउनुका साथै दृश्यावलोकन गर्न सक्नेछन् ।

चार दशकअघि जिल्लाकै पहिलो कन्काई अङ्ग्रेजी आवासीय माध्यमिक विद्यालय स्थापना गरेको शिक्षासेवी ढुङ्गाना पछिल्लो समय पर्यटकीय पार्क निर्माणमा जुटेका हुन् ।

पार्कभित्र निर्माण गरिएको ९ तले भ्यूटावरको उचाई १ सय ९ फिट रहेको छ, जहाँबाट झापाका विभिन्न स्थानको दृश्यावलोकन गर्न सकिन्छ । 

भ्यूटावरको आठ तलासम्म सपिङ कम्प्लेक्स सञ्चालनको तयारी भइरहेको छ । हालसम्म पार्कको औपचारिक उद्घाटन नभएपनी आन्तरिक पर्यटक भने घुम्न आउन थालिसकेका छन् । पार्क  सेमिनार र वनभोज तगायतका कार्यक्रम गर्न सकिने स्थानको समेत व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
Pin It