Lifestyle

शाकाहारीको दशैँः मासुभन्दा स्वादिला हुन्छन् यी परिकारहरू

Pinterest LinkedIn Tumblr

काठमाडौं । सामान्यतया दशैंमा खानेकुराको मुख्य परिकारका रुपमा मासु लाई लिइन्छ । तर हाम्रो परिवार तथा आफन्तजनमा शाकाहारी भोजन गर्नेहरू पनि हुन्छन् । अथवा मासुभन्दा फरक र स्वादिष्ट परिकारका रुपमा शाकाहारी भोजन गर्न सकिन्छ ।

शाकाहारी भोजन रुचाउनेका लागि उत्कृष्ट मानिने परिकारहरूः

१. पनिर

शाकाहारीहरूको पहिलो रोजाइमा पर्छ पनिर । दूध फटाएर बनाइने पनिर प्राय सबैलाई मनपर्ने परिकार भित्र पर्छ । विशेषगरी हरियो केराउ र आलु मिसाएर पकाइने पनिर निकै लोकप्रिय छ । यसको अलावा पनिरबाट अरु पनि थुप्रै परिकार तयार गर्न सकिन्छ ।

 पनिर टिक्काः पनिरलाई चारपाटे टुक्रामा काटेर भुटेको बेसनमा दही र मसला राखी मिश्रण तयार गरिन्छ । उक्त मिश्रणमा पनिरको टुक्रा डुबाइ सुइरोमा सिउरेर ओभनमा सेकेर पनिर टिक्का तयार गरिन्छ । यसलाई पुदिना, गोलभेडाको अचार वा आफ्नो स्वादअनुसार मिलाएर खान सकिन्छ । 

Paneer Tikka

शाही पनिरः पनिरलाई एउटै आकारमा ससाना टुक्रा पारेर काटेर हल्का रातो हुने गरी तेलमा फ्राइ गरिन्छ । त्यसपश्चात् कराईमा घिउ राखी प्याज राखेर लसुन र अदुवाको पेस्ट र दही राखेर केहीबेर पकाइन्छ । यसरी पाकेको ग्रेभीमा आफ्नो इच्छाअनुसार मसला, भुटेको पनिरको राखी केहीबेर पकाएपछि शाही पनिर तयार हुन्छ । यसलाई भात वा चिउरासँग सर्भ गर्न सकिन्छ । 

Shahi Paneer

२. मसरुम/ च्याउ

शाकाहारीको रोजाइमा पर्ने अर्को परिकार हो मसरुम (च्याउ) । बजारमा डल्ले र पत्ता भएको दुईथरी च्याउ पाइन्छ । च्याउबाट छोइला, मटर मसरुम र स्वादिलो करी पनि बनाउन सकिन्छ ।

 छोइलाः छोइलाका लागि पाते मसरुमको प्रयोग गरिन्छ । मसरुमको जरा काटेर सफा गरि एक तातोपानीमा उमालिन्छ । उक्त बोइल्ड भएको मसरुमलाई तेलमा फ्राइ गरिन्छ । त्यसपछि फ्राइ मसरुमलाई गोलभेडाको अचारमा कागती, प्याज र मसला राखी मोलेपछि मसरुम छोइला तयार हुन्छ ।

Choila

मटर मसरुमः 

यसका लागि डल्लो च्याउको प्रयोग गरिन्छ । कराईमा तेल हालेर जिरा, प्याज, टमाटर, मरमसला राखी च्याउ पकाइन्छ । र अन्तिममा मटर हालेर मटर मसरुम तयार गरिन्छ । 

Matar Mushroom

३. सोयाबीन छोइला

शाकाहारीहरूले छुटाउनै नहुने परिकार हो सोयाबिन अर्थात भटमासको मस्यौराको छोइला । छोइलाको लागि मस्यौरालाई पानीमा भिजाइ तेलमा फ्राइ गरिन्छ । फ्राइ भएको सोयाबिनलाई गोलभेडाको अचारमा कागती प्याज मसला मोलेपछि सोयाबिन छोइला तयार हुन्छ । 

Soyabean Choila |

४. आलु 

आलु नभए लगभग सबैजसो शाकाहारी खानेकुराको रेसिपी सुरु नै हुँदैन । आलुबाट सबैभन्दा धेरै परिकार बनाउन सकिन्छ । तरकारी देखि अचार र तारेर बनाइने परिकारमा पनि आलुको प्रयोग हुने गर्छ । आलुको मम, रुलर, पापर, आलु क्वाफ, आलु भुनिया, चुकाउनी लगायतका परिकार धेरैलाई मनपर्छ ।

आलु फ्राईः आलुलाई तेलमा तारेर, साधेर वा अन्य परिकार बनाएर खान सकिन्छ ।

aalu fry

आलुको अचारः उसिनेको आलुमा गाँजर, मुला, काँक्रो, केराउ, हरियो खोर्सानी मिलाएर बनाइएको आलुको अचार निकै नै स्वादिलो हुन्छ । तेल, नुन, खुर्सानीको धूलो र कागतीको रसले आलुको अचारलाई विशेष स्वाद दिन्छ । जसलाई खाना , चिउरा वा भुजासँग खान सकिन्छ ।

aalu ko achar

१०. विर्यानी

घरमै भएको तरकारीहरूलाई प्रयोग गरेर मीठो परिकार बनाएर खान सकिन्छ । चामललाई ३० मिनेट ढडाएर एउटा भाडामा घ्यू राखी चामल भुटिन्छ । मरमसला राखी हल्का बफाएको तरकारीलाई सोही चामलमा राखी मोलिन्छ र आवश्यकता अनुसार तातोपानी राखी पकाइन्छ । यसरी स्वादिष्ट भेज विर्यानी बनाउन सकिन्छ । 

biryani

११. गेडागुडी

शाकाहारीहरूको लागि गेडागुडी पनि उत्कृष्ट हुनसक्छ । विभिन्न किसिमका गेडागुडीको रसदार तरकारी तथा फ्राइ गरेर पनि खान सकिन्छ । त्यसबाहेक बोडी, चना, राज्माको छुट्टाछुट्टै परिकार बनाएर पनि खान सकिन्छ ।

gedagudi

१२. पकौडा कडी 

पकौडा कडीमा, प्याज र बेसनबाट पकौडा तयार पारिन्छ भने दहीबाट कडी बनाइन्छ । आवश्यक मसलाको प्रयोग गरेर तयार पारिएको कडीमा बेसन र प्याजबाट तयार पारिएको पकौडा माथिबाट राखेर एकछिन पकाएर तयार गरिन्छ । 

pakod kadhi

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It