Vaastu

वास्तुअनुसार घरको मूल ढोका कुन दिशामा हुनुपर्छ ? 

Pinterest LinkedIn Tumblr

काठमाडौं । मूल ढोका घरको प्रवेशद्वार मात्र नभइ ऊर्जा प्रवाहको बाटो पनि हो । ध्यानपूर्वक सही दिशामा निर्माण तथा डिजाइन गरिएको ढोकाबाट सकारात्मक ऊर्जा प्रवेश गर्दछ । आज हामी वास्तुअनुसार घरमा कस्तो ढोका बनाउने भन्नेबारे जानकारी दिदैछौँ । 

वास्तुअनुसार मूल ढोका कस्तो हुनुपर्छ ! 

वास्तुअनुसार घरको मुख्य द्वार पूर्व वा उत्तर फर्केको राम्रो मानिन्छ । यसो गर्दा ढोकाबाट सकारात्मक ऊर्जा प्रवाह हुने वास्तुमा उल्लेख छ । सम्भव भएसम्म घरको अन्य झ्याल ढोका पनि पूर्व र उत्तरतिर पार्नु राम्रो हुन्छ । 

आकारको सन्दर्भमा भने प्रवेशद्वार अन्य ढोकाभन्दा अग्लो तथा ठूलो र आयातकार हुनुपर्छ । यसले परिवारभित्र आपसी सम्बन्धलाई मजबुत बनाइ जीवनमा स्थिरता ल्याउँछ । 

हिजोआज फलाम तथा आल्मुनियम र युपीभीसीको ढोकाहरू पनि प्रयोग गर्ने चलन छ । यद्यपि घरको मूल ढोका काठको नै बनाउनु शुभ मानिन्छ । 

घर बनाउँदा झ्याल ढोकाको संख्या समसंख्या अर्थात ४, ६, ८ जस्ता जोर संख्यामा राख्नुपर्छ । 

वास्तुअनुसार मूल ढोका भित्रपट्टि खुल्ने हुनुपर्छ । साथै घरको अगाडि खुला ठाउँ राख्नाले घरभित्र सहजै सकारात्मक ऊर्जा प्रवाह गर्नसक्ने हुँदा ढोकाको आसपास वा सिधा अगाडिको स्पेस खाली तथा उघारो राख्नुपर्छ । 

मूल ढोकाको लागि अशुभ दिशा 

वास्तुअनुसार घरको मूल ढोका दक्षिण र पश्चिम वा दक्षिण-पश्चिम फर्केको हुनु हुँदैन । यसले घरमा नकारात्मकता ल्याउने, धन सम्पत्तिको सञ्चय नहुने र रोगव्याधिको भय हुने गर्छ । 

दक्षिण दिशामा बनाइएको ढोकामा रातो रङ र पश्चिम तर्फको ढोकामा हरियो रङ लगाएर वास्तुदोष कम गर्न सकिन्छ । त्यसैगरी, बाहिरतर्फ खुल्ने मूलढोका भएको घरमा धनको सह रहँदैन । त्यस्तै, आवाज आउने र पसाङ्गिएको ढोकालाई पनि अशुभ मानिन्छ ।

हिजोआज धेरै प्रयोग हुने गरेका अटोमेटिक ढोकालाई पनि वास्तुशास्त्रले राम्रो मान्दैन । यदि घरको मूल ढोका वास्तुअनुसार नभएको र घरमा समस्या आइरहेको छ भने मूल ढोका बाहिर सिम्रिक कलरले स्वस्तिक चिन्ह पनि बनाउन सकिन्छ । यसले ढोकाको नकारात्मक ऊर्जालाई कन्ट्रोल गरेर राख्दछ । 

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It