Vaastu

घर बनाउँदा किन वास्तु पालना गर्नैपर्छ? यस्ता छन् कारणः

Pinterest LinkedIn Tumblr

काठमाडौं । वास्तु शास्त्र वास्तुकला अर्थात् आर्किटेक्चरको परम्परागत शैली हो । जुन मुख्यतः हिन्दु धर्म संस्कृतिसँग सम्बन्धित छ । जसमा घर बनाउँदा ध्यानमा राख्नैपर्ने पक्षहरूको कारण र परिणामको व्याख्या गरिएको छ । वास्तुकला घरको डिजाइन, रूपरेखा, जमिनको नापनक्सा, संरचना र दिशाको औचित्यसँग सम्बन्धित छ ।

वास्तुको परम्परागत मान्यता

वास्तु शब्द, वास र तु गरी दुईवटा शब्द मिलेर बनेको छ । जसमा वासको अर्थ बस्ने ठाउँ र तु को अर्थ देवता हो भन्ने विश्वास गरिन्छ । यसरी हेर्दा देवताको बास हुने ठाउँलाई नै वास्तु भनिन्छ । घरमा दैवी वातावरण सिर्जना गर्नका लागि ऋषिमुनिहरूले केहि नियम बनाए । जसलाई अपनाउनका लागि निश्चित गरिएको विधिको खाका अर्थात अभिलेख नै वास्तु शास्त्र हो । 

योगीको दृष्टीकोणमा वास्तु

अर्कोतर्फ केही योगीहरूले वास्तुको अर्थ सोच हो पनि भन्ने गरेका छन् । हाम्रो सोचको एकमात्र निर्धारक हामी रहँदै बस्दै आएको वातावरण हो । यसर्थ सोचलाई बनाउनका लागि उपयुक्त वातावरणको आवश्यकता पर्दछ । हाम्रो वरिपरि सकारात्मक ऊर्जा प्रवाह होस् भन्नका लागि नै वास्तुको नियम अपनाउने गरिन्छ । घरको आँगन देखि चुल्हो सम्म वास्तु शास्त्र बमोजिम डिजाइन भएमा शुभ कार्यहरू हुने विश्वास रहिआएको छ ।  

दुवैखाले दृष्टिकोणको निश्कर्ष; वास्तुको पालना भन्नु सकारात्मक सोच सहितको सुखी र खुसी जीवन नै हो । भनाइ नै छ नि! संकल्प बाट सिद्धि प्राप्त हुन्छ । अर्थात हाम्रो विचारले नै कुनै कार्यको परिणामको निर्धारण गर्छ । सही सोचको बिजारोपण हुनका लागि हामी जहाँ रहेर अथवा बसेर सोच्ने गर्दछौँ त्यो ठाउँ सकारात्मक हुन आवश्यक छ । हाम्रो सोच पृथ्वीमा उपलब्ध वातावरणको ऊर्जामा निर्भर गर्दछ ।    

वास्तुले कसरी काम गर्छ त! 

वैज्ञानिक रूपमा वास्तु शास्त्रका पाँच आधारभूत तत्त्वहरू छन् । ती हुन्- पृथ्वी, जल, अग्नि, वायु र आकाश । यिनै पाँच तत्त्वको संयोजनका आधारमा सुखद वातावरण सिर्जना हुन्छ । वास्तु सिद्धान्तले स्वास्थ्य, धन, ऊर्जा र समृद्धिलाई बढावा दिन्छ र जीवनलाई वा काम गर्ने वातावरणलाई शान्त र प्रबुद्ध बनाउँछ । 

वास्तु शास्त्रको सिद्धान्तहरू केके छन् त! 

आकार: तपाईंको घरका कोठाहरू वर्ग वा आयातकार हुनुपर्छ । 

कोठाको अवस्थिति: कोठाहरू हावा प्रवाह हुने, राम्रोसँग प्रकाश छिर्ने, उज्यालो र सफा हुनुपर्छ । 

गृह केन्द्र: घरको केन्द्र अर्थात् बीचको भागमा खाली ठाउँ हुनुपर्छ । 

सिंढी र फर्निचर: भारी अर्थात् फर्निचरहरू दक्षिण पश्चिम दिशामा राख्नु पर्छ । साथै सिंडी तथा भर्याङ पनि सोही दिशामा राखेको राम्रो हुन्छ ।

पानी: सुत्ने कोठामा बिरुवा र पानीका लगायत पानीको झरना, अक्वेरियम, पानी चित्रण गर्ने पेन्टिङ आदि राख्नु वास्तुशास्त्रमा राम्रो मानिँदैन ।  

डाइनिङ टेबल: डाइनिङ टेबल भान्साको नजीक भएको राम्रो मानिन्छ । तथापि मूल ढोकाको सामुन्ने भने हुन हुँदैन ।   

ऐनाको रखावट : सुत्ने कोठामा राखीएको ऐनामा खटिया अथवा पलङ देखिन हुँदैन । यसको अर्थ सुतेको अवस्थामा ऐेनामा देखिनु अशुभ मानिन्छ । 

के वास्तु अनिवार्य नै हो त घरको लागि?

वास्तु बिना मानिसको जीवन नै नचल्ने त होइन । तर हामी बस्ने घरसँग हाम्रो जिवनयापनको सम्पूर्ण याद जोडिएको हुन्छ । यसर्थ हरेक पलको अनुभूतिमा सौन्दर्य भर्नका लागि पनि वास्तुको विशेष महत्व रहेको छ । भन्ने गरिन्छ, राम्रोसँग वास्तुको पालना भएमा १५ देखि ४५ दिन सम्ममा यसको परिणाम मिल्दछ ।        

प्रतिक्रिया दिनुहोस्

Write A Comment

Pin It