Policy

किन लगाइँदैछ पोखराका सबै घरमा ‘हरियो रङ’ !

Pinterest LinkedIn Tumblr

काठमाडौं । पोखरा महानगरपालिकामा अब ५ तलासम्म अग्लो भवन बनाउन पाइने भएको छ । महानगरपालिकाले बुधबार नयाँ भवन तथा पूर्वाधार मापदण्ड सार्वजनिक गर्दै ५ तलासम्म अग्लो भवन बनाउन पाइने नीति लिएको हो ।

यसअघि साढे ३ तलासम्म अग्लो भवन बनाउन पाइने मापदण्ड थियो । तर, ५ तलासम्म बनाउन अनिवार्य माटो परीक्षण गर्नुपर्छ । माटो परीक्षणपछि मात्रै कहाँ कस्तो घर ठीक हुन्छ, त्यहीअनुसार डिजाइन तयार गर्न लगाउने महानगरले जनाएको छ ।

नयाँ भवन मापदण्डमा झ्याल, ढोका कता राख्ने, कुन उचाइमा राख्ने, पोखराका कुन स्थानमा कस्तो घर बनाउने जस्ता विषय पनि उल्लेख छन् । नयाँ मापदण्डमा पोखरामा बन्ने भवन वातावरणमैत्री हुनुपर्ने उल्लेख गरिएको छ । 

 मापदण्ड राजपत्रमा प्रकाशित भएपछि कार्यान्वयनमा जानेछ ।

यसअघि, तत्कालीन अञ्चलाधीश शंकरराज पाठक नेतृत्वको समितिले पहिलोपटक २०३१ सालमा पोखरामा बढीमा साढे ३ तला भवन बनाउन पाइने मापदण्ड तोकेको थियो ।  उक्त मापदण्ड पुनरावलोकन हुनुपर्ने माग बढेपछि ०५७/५८ सालतिर पनि अध्ययन भएको थिए । तर, सो अध्ययनले पनि शंकरराज पाठक नेतृत्वकै मापदण्डलाई सदर गरेको थियो ।

हाल पोखरामा साढे ३ तला भन्दा अग्ला ५ हजारभन्दा बढी भवन रहेको अनुमान छ । १० तलाभन्दा अग्लो घर १९ वटा रहेको महानगरले जनाएको छ । ती कुनै कुनै भवनहरू भवन निर्माण सम्पन्न प्रमाणपत्र पनि लिइसकेको महानगरले जनाएको छ । यो मापदण्ड लागू भएपछि पोखरामा यसअघि मापदण्ड मिचेर बनेका धेरै भवन वैधानिक हुनेछन् ।

महानगरपालिकाले २०७५ असोजमा इन्जिनियर प्रा.डा. भरतराज पहारीको संयोजकत्वमा भवन मापदण्ड पुनरावलोकन समिति गठन गरेको थियो । उक्त समितिले पोखरामा जग्गाको आकार अनुसार उचाइ निर्धारण गर्ने गरी नयाँ मापदण्ड ल्याउन सुझाव दिएको थियो । 

जग्गाको क्षेत्रफल, उपयोग र भवनको किसिमअनुसार ‘फ्लोर एरिया रेसियो’ अर्थात भुइँ क्षेत्रको अनुपातमा उचाइ निर्धारण गर्ने सो समितिको सुझाव थियो । महानगरले नयाँ मापदण्डबारे निजी घर बनाउने निर्माण व्यवसायीलाई जानकारी गराउने जनाएको छ । 

महानगरपालिकाले सार्वजनिक गरेको मापदण्ड २०८० मा पोखरालाई ‘ग्रिन सिटी’को रुपमा विकास गर्ने यो नीति ल्याएको छ । 

पोखरालाई ‘ग्रिन सिटी’ को रुपमा विकास गर्न अघि सारेको योजना अन्तर्गत अब बन्ने सबै भवन, संरचनामा हरियो रङ लगाइने छ । 

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It