News

सातदिनभित्र अनधिकृत संरचना हटाउन महानगरको निर्देशन

Pinterest LinkedIn Tumblr

काठमाडौं । काठमाडौं महानगरपालिकाले नदी किनारमा बनेका अनधिकृत रूपमा संरचना हटाउन सात दिने अल्टिमेटम दिएको छ । नदी किनार, नदी उकास, नदी बहाव/नदी कोरिडोरको सार्वजनिक क्षेत्रमा रहेका अनधिकृत संरचना एक साताभित्र हटाउन महानगरले निर्देशन दिएको हो ।

शनिबार एक सूचना जारी गर्दै महानगरले नदी कोरिडोरका सार्वजनिक क्षेत्रमा बनेका संरचना तत्काल हटाइ अन्यत्र लैजान सूचित गरेको थियो । 

पटकपटक सूचना मार्फत महानगरले अवगत गराए पनि परिपालन नभएपछि अब एक साताभित्र अनधिकृत संरचना नहटाएमा प्रचलित कानुन बमोजिम संरचना हटाइने र हटाउँदा लाग्ने खर्च सम्बन्धित पक्षसँगै असुल उपर गरिने सूचनामा उल्लेख छ ।

यो सूचनाको अवज्ञा गरेमा स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम कारबाही हुने महानगरले जनाएको छ ।

सातदिनभित्र अनधिकृत संरचना हटाउन महानगरको निर्देशन

प्रतिक्रिया दिनुहोस्
Pin It