News

बालुवाको अवैध उत्खनन भइरहेको स्थानबाट चारवटा ट्रयाक्टर नियन्त्रणमा 

Pinterest LinkedIn Tumblr

काठमाडौं । बारामा अवैध बालुवा उत्खनन गरी ओसारपसारमा परिचालन गरिएका चारवटा ट्रयाक्टर प्रहरीले नियन्त्रणमा लिएको छ । जितपुर सिमरा उपमहानगरपालिका-१४ स्थित दुधौरा खोलामा अवैध रूपमा बालुवा उत्खनन गरिरहेको स्थानबाट प्रहरीले ती ट्रयाक्टर नियन्त्रणमा लिएको हो । 

बुधबार साँझ बालुवा लोड गरिरहेको अवस्थामा ना.६.त.४७६६, ना.७.त.१७२३, ना ७ त ३९१८ र ना ४ त ५७५९ नम्बरको ट्रयाक्टर नियन्त्रणमा लिइएको बारा प्रहरीले जनाएको छ । 

नियन्त्रणमा लिइएका ट्रयाक्टरलाई आवश्यक कारवाहीको लागि इलाका प्रहरी कार्यालय, निजगढमा राखिएको छ । 

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् । 

प्रतिक्रिया दिनुहोस्
Pin It