News

‘ऐलानी जग्गा उपयोग कार्ड’ वितरण गर्दै तुलसीपुर उपमहानगरपालिका

Pinterest LinkedIn Tumblr

काठमाडौं । दाङको तुलसीपुर उपमहानगरपालिकाले ‘ऐलानी जग्गा उपयोग कार्ड’ वितरण सुरुवात गरेको छ । उपमहानगरपालिकाले सुकुम्बासीलाई लालपुर्जा दिने कार्यक्रमअन्तर्गत उक्त कार्ड वितरण गर्न थालेको हो । 

हालसम्म उपमहानगरपालिकासँग ऐलानी जग्गामा बसोबास गर्नेको तथ्याङ्क छैन । यो कार्यक्रमले पूर्णता पाएसँगै ऐलानी जग्गामा कति परिवार बसेको भन्ने कुरा यकिन हुनेछ ।  अव्यवस्थित बसोवासी वास्तविक तथा विपन्न-दलित-सुकुम्बासी पनि पत्ता लाग्ने छ । 

वडाबाट सबै ऐलानी जग्गामा बसोबास गर्ने परिवारलाई कार्ड वितरण गरेपछि अमिन आएर नापजाँच हुन्छ । 

नाप जाँचपश्चात् पुर्जा वितरणको काम अघि बढ्ने जनाइएको छ । 

तुलसीपुरका १९ वटै वडाबाट सुरु भएको कार्ड वितरण कार्यक्रम सम्पन्न हुन करिब छ महिनाको समय लाग्न सक्ने अनुमान गरिएको छ । 

उपमहानगरपालिकाको यस कदमले सुकुम्बासी समस्या समाधान हुने अपेक्षा लिइएको छ । 

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It