Development

१० करोड लगानीको त्रिशूली भिल्ला सञ्चालनमा

Pinterest LinkedIn Tumblr

काठमाडौं । त्रिशूली नदीको पारिपट्टी ‘त्रिशूली भिल्ला’ सञ्चालनमा आएको छ । १५ रोपनी क्षेत्रफलमा फैलिएको भिल्ला करिब १० करोड लगानीमा निर्माण भएको हो ।

शानदार सुविधासहितको भिल्लामा १२ वटा आकर्षक भिल्लाहरूमा ३७ वटा कोठा बनाइएको छ । हाल २२ वटा कोठा सञ्चालनमा आएको र अबको केही महिनामै बाँकी १५ वटा कोठा सञ्चालनमा ल्याइने बताइएको छ ।  

कर्पोरेट ग्राहकहरूलाई समेत सहज हुनेगरी भिल्लामा ३ सय जना क्षमताको कन्फ्रेन्स हल निर्माण गरिएको छ । ‘वेलनेस’ प्रेमी पाहुनालाई ध्यानमा राख्दै भिल्लामा साउना र स्टिम समेत निर्माण गरिएको छ । यसबाहेक आवश्यकता अनुसार भिल्लाका ग्राहकहरूले प्राइभेट पार्टी, क्याम्प फायर, बार्बिक्यु लगायतको मज्जा लिन सक्नेछन् ।

भिल्लामा न्यूनतम ४ हजार रुपैयाँदेखिको प्याकेज बुक गर्न सकिनेछ। भिल्लामा बुकिङ गर्ने ग्राहकले डिनर, रुम र ब्रेकफास्टसँगै वेलनेस प्याकेजअन्तर्गत स्विमिङ पुल, साउना, स्टिम र हाइकिङसमेत पाउँछन् । भिल्लामा पुगेका पाहुनालाई यी सबै किसिमका लक्जरी सुविधा उपलब्ध हुनेछन् ।

कसरी पुग्ने

भिल्ला पुग्न पृथ्वी राजमार्गको मालिङ्गा झरेपछि त्रिशूली रिभरसाइड रिसोर्टबाट जिपलाइन वा स्काई साइक्लिङमार्फत जान सकिन्छ । एडभेञ्चर नरोज्ने पाहुनाहरू झोलुङ्गे पुल तरेर भिल्ला पुग्न सक्छन् ।  सवारीसाधन लिएर जानेका लागि नदीवारि नै पार्किङ सुविधा छ । बाइकमा भने झाेलुङ्गे पुल हुँदै भिल्लासम्मै पुग्न सकिन्छ ।

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।  

प्रतिक्रिया दिनुहोस्
Pin It