Market

यी हुन् नेपालका १० धनाढ्य मन्त्रीहरू

Pinterest LinkedIn Tumblr

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणमा अधिकांश मन्त्रीहरूको घरजग्गा र सुनमा लगानी भएको देखिन्छ । कतिपयले सेयर बजारमा पनि लगानी गरेका छन् भने केही मन्त्रीहरूले विभिन्न व्यवसायमा पनि साझेदारको रूपमा काम गरेको देखिन्छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप यादव र राज्यमन्त्री हसिना खानको सम्पत्ति सार्वजनिक भएको छैन ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सार्वजनिक गरेको विवरणका आधारमा नेपालका धनाढ्य मन्त्रीहरूः
१.प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)

prachanda

सार्वजनिक सम्पत्ति विवरण अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भरतपुर महानगरपालिका वडा नम्बर १४ मा १४ कट्ठाको पार्किङ सहितको घर घडेरी रहेको देखिएको छ । यो जग्गा पत्नी सीता दाहालको नाममा रहेको छ । उक्त जग्गाजमिन पैतृक सम्पत्ति रहेको खुलाइएको छ ।

यस्तै, वडा नम्बर १२ मा १ कट्ठा जग्गा रहेको उल्लेख गरिएको छ । पत्नीकै नाममै रहेको उक्त जग्गा अंशबाट प्राप्त भएको जनाइएको छ ।

प्रधानमन्त्री प्रचण्डसँग पाँच तोला सुन रहेको र उक्त सम्पत्ति पनि पैतृक रहेको उल्लेख गरिएको छ । त्यसैगरी  एभरेष्ट बैंक लिमिटेडसँग २५ लाख नगद मौज्दात रहेको उल्लेख छ ।

२. उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ

उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ

उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सार्वजनिक गरेको विवरणअनुसार अधिकांश सम्पत्ति श्रीमती जुलीकुमारी महतोको नाममा देखिन्छ ।

सोहीअनुसार महतोको नाममा जनकपुरमा ४२०० वर्गमिटर जग्गामा घर, ललितपुरमा २ रोपनी १३ आना जग्गा र घर, धनुषामा ७ बिघा क्षेत्रफल जग्गा, ललितपुरकै अर्को ठाउँमा १ रोपनी ७ आना जग्गा रहेको छ । त्यस्तै महासेठको नाममा धनुषामा १ बिघा भन्दा बढी जग्गा रहेको छ । 

२ करोड २५ लाख रुपैयाँ बराबर नगद, ४३ तोला सुन, १.५ किलो चाँदी आफूसँग रहेको मन्त्री महासेठको सम्पत्ति विवरणमा उल्लेख छ । सो सम्पत्ति काठमाडौं र ललितपुरको जग्गा र पैतृक सम्पत्ति बिक्री गरेर सो बराबरको रकम आर्जन गरेको जनाइएको छ । 

तीबाहेक पत्नी महतोको नाममा विभिन्न कम्पनीको ३ करोड ५५ लाख रुपैयाँ बराबरको सेयर रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।

३. उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ

नारायणकाजी श्रेष्ठ

उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले आफ्नो सम्पत्ति विवरणमा गोरखामा झण्डै ३८ रोपनी पैतृक जग्गा रहेको उल्लेख गरेका छन् । 

आफ्नो बैंक खातामा १ लाख २२ हजार ९१८ रुपैयाँ ६४ पैसा रहेको खुलाएका छन् । उनीसँग कुनै पनि कम्पनीको सेयर वा धितोपत्रहरू नभएको सम्पत्ति विवरणमा खुलाइएको छ ।

श्रेष्ठले सम्पत्ति विवरणमा बा १० च ५७९८ नम्बरको महिन्द्रा गाडी छ, यो गाडी प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रयोगका लागि उपलब्ध गराएको उल्लेख गरेका छन् ।

४. गृहमन्त्री रवी लामिछाने

rabi-lamechane property details of the ministers

गृहमन्त्री लामिछानेसँग भक्तपुरमा १ रोपनी १ आना र काठमाडौंको गोपीकृष्ण प्रालिमा १० रोपनी जग्गा सम्पत्ति रहेको सार्वजनिक भएको छ । सो सम्पत्ति श्रीमतीको माइतीतर्फबाट पारिवारिक सगोल भएको उल्लेख छ ।

यस्तै, उनीसँग करिब ८० तोला सुन र २० केजी चाँदीका भाँडाकुँडा रहेको उल्लेख छ । यो सम्पत्ति श्रीमती निकिता पौडेलको आमाबुबाले खरिद गरेको बताइएको छ । यो सम्पत्ति श्रीमतीको भएको विवरणमा उल्लेख छ ।

यस्तै, रविको ग्लोबल आइएमई र नेपाल बैंकमा खाता छ । ती दुई बैंकमा १ लाख १० हजार बचत छ भने श्रीमती पौडेलको नाममा पाँच बैंकमा बचत छ । ती बैंकमा ५ लाख ५८ हजार बढी बचत देखिन्छ ।

उनीसँग घर निर्माण गर्दाको डेढ करोड रुपैयाँ ऋण रहेको विवरणमा उल्लेख छ । उनको श्रीमती पौडेलसँग एक विद्युतीय गाडी रहेको छ भने उनकै नाममा ८ करोड ७५ लाखको गोपीकृष्णमा सेयर स्वामित्व रहेको छ ।

५. अर्थमन्त्री वर्षमान पुन

 वर्षमान पुन

अर्थमन्त्री वर्षमान पुनसँग रोल्पा नगरपालिका ७ मा ८२० वर्गमिटर क्षेत्रफलको जमिन फैलिएको घर रहेको छ ।  उक्त घर पैतृक सम्पत्ति भएको उल्लेख छ । 

साथै अर्थमन्त्री पुनसँग पार्टीको सम्पत्तिको रुपमा हलुका सवारी साधन एक वटा रहेको समेत विवरणमा उल्लेख छ । 

एनएमबी बैंक खातामा ३३ लाख ७० हजार ६१८ रुपैयाँ बचत छ । उक्त रकम प्राप्तिको स्रोत तलब भत्ता रहेको उल्लेख गरिएको छ । 

त्यस्तै मन्त्री पुनसँग बा ००१ अ ०००९ नम्बरको सावरी साधन रहेको छ त्यो पार्टीको सम्पत्ति भएको उल्लेख गरिएको छ ।

६. युवा तथा खेलकुल मन्त्री बिराजभक्त श्रेष्ठ

 बिराजभक्त श्रेष्ठ

युवा तथा खेलकुद मन्त्री विराजभक्तले सार्वजनिक गरेको सम्पत्ति विवरणअनुसार उनको नाममा एउटा घर, करोड बढीको विभिन्न बैंकको सेयर, र १५ तोला सुन सम्पत्ति देखिएको छ । उनले सो घर पैतृक जग्गा बिक्री गरेर निर्माण गरेको बताएका छन् । 

विभिन्न बैंकको सेयर १ करोडको सेयर, १५ तोला सुन र ५० तोला चाँदी रहेको सम्पत्ति विवरणमा उल्लेख छ । उनको आठ वटा बैंकमा ९० लाख बढी बचत रहेको उल्लेख गरेका छन् । उनले सो रकम स्वआर्जन गरेको घोषणा गरेका छन् ।

उनीसँग २० लाख रुपैयाँ ऋण रहेको पनि सार्वजनिक गरेका छन् ।

७. श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्याल

dol-prasad-aryal

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद (डीपी) अर्यालसँग काठमाडौं महानगर १६ मा २८७.१४ वर्ग मिटर क्षेत्रफलमा फैलिएको घर रहेको छ । यस्तै, मन्त्री अर्याल र श्रीमती अम्बिका केसीको नाममा काठमाडौं, धादिङ, लमजुङ र भक्तपुर गरि १२ स्थानमा सम्पत्ति रहेको छ । यी सबै जग्गा ५ करोड २८ लाखमा खरिद गरेको विवरणमा उल्लेख छ । सम्पत्ति प्राप्तिको स्रोत निजी कमाइ र व्यापार भएको विवरणमा उल्लेख गरिएको छ ।

त्यस्तै, १ सय तोला चाँदी र १० तोला हिरा रहेको छ । सो सुनचाँदी र हिराको खरिद मूल्य ८८ लाख ३४ हजार ५ सय रहेको रहेको छ ।

श्रममन्त्री अर्यालको र श्रीमतीको नाममा गरेर विभिन्न बैंकमा २ करोड १८ लाख नगद मौज्दात भएको उल्लेख छ । मन्त्री अर्यालसँग विभिन्न ६ वटा संस्थाको ६७ हजार कित्ता सेयर स्वामित्व रहेको छ ।

जनसागर सहकारीबाट २ करोड रुपैयाँ, रेशम केसी र सुशील प्रधानाङ्गबाट ५० लाख रुपैयाँ गरी २ करोड ५० लाख ऋण लिएकोमा १ लाख ५० तिरेको उल्लेख छ ।

अर्यालको नाममा १ करोड २५ लाखमा खरिद गरेको टोयोटा प्राडो कार र उनकी श्रीमतीका नाममा ४३ लाखमा खरिद गरेको टाटा नेक्सन इभी रहेको छ ।

८. शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठ 

सुमना श्रेष्ठ 

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री श्रेष्ठको नाममा काभ्रेमा ८ रोपनी ६ आना ३० पैसा जग्गा छ । त्यस्तै, श्रेष्ठले आफूसँग करिब ७ करोडको नगद मौज्दात रहेको सम्पत्ति विवरणमा उल्लेख गरेकी छन् । उनले बुझाएको विवरणअनुसार एनआईसी बैंकमा १ करोड १५ लाख,  एभरेष्ट बैंकमा ३७ लाख, १ लाख ८९ हजार ७ सय अमेरिकी डलर र १ लाख ८० हजार पाउण्ड रहेको छ । सबै गर्दा उनीसँग नगद मौज्दात करिब ७ करोड रुपैयाँ हुन आउँछ ।

त्यसैगरी उनले आफूसँग ११ तोला सुन, १०० तोला चाँदी, १ सेट हिरा, हिराको टप १ सेट रहेको छ । १ लाख ८५ हजारमा किनेको स्कुटर र २० लाखमा किनेको कार रहेको उनले बताएकी छन् ।

९. संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशी

भानुभक्त जोशी

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले आफ्नो नाममा बझाङ जयपृथ्वी नगरपालिका–७ मा २ रोपनी क्षेत्रफलमा बनेको घर रहेको उल्लेख गरेका छन् । त्यस्तै, मन्त्री जोशीले जयराज जोशीको नाममा बझाङमै २ रोपनी क्षेत्रफलमा बनेको पैत्रिक घर पनि उल्लेख गरेका छन् । छ भने काठमाडौं कीर्तिपुरमा जयलक्ष्मी देवी जोशीको नाममा एउटा घर छ ।

त्यस्तै बझाङमै जयराज जोशीको नाममा जग्गा छ । त्यसको स्रोत भने बुबाको ३ वटै भाइहरूबाट आएको मन्त्री जोशीले उल्लेख गरेका छन् । काठमाडौंको चन्द्रागिरीमा ४ आना २ दाम निर्मलाकुमारी कोइरालाको नाममा जग्गा छ । १३ लाख रुपैयाँमा तलबबाटै किनेको जोशीले उल्लेख गरेका छन् ।

त्यस्तै, विभिन्न बैंक खातामा १ लाख ६९ हजार रुपैयाँ नगद रहेको छ । मन्त्री जोशीसँग ३१ तोला सुन र ६० तोला चाँदी रहेको छ । उक्त सुनचाँदी पैतृक सम्पत्ति र विवाहबाट दाइजो प्राप्त भएको जोशीले बताएका छन् । जयलक्ष्मी देवी जोशीको नाममा रंगुन खोलाको ८ लाखको सेयर रहेको छ भने ४३ लाख रुपैयाँ ऋण छ । उक्त ऋणबापत ३ लाख १० हजार रुपैयाँ ब्याज तिरेको विवरणमा उल्लेख छ ।

१०. ऊर्जामन्त्री शक्तिबहादुर बस्नेत,

 शक्तिबहादुर बस्नेत,

ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतले सार्वजनिक गरेको सम्पत्ति विवरणअनुसार छोरी संगम बस्नेत र श्रीमती सत्या पहाडीको नाममा जाजरकोटमा ४ रोपनी १‍३ आना जग्गा रहेको छ ।  बस्नेतसँग ४५ लाख रुपैयाँ नगद, ५ तोला सुन रहेको छ । उनको श्रीमतीको नाममा ६ लाख रुपैयाँको सेयर रहेको छ ।

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It