Research

कसरी छान्ने टायल, मार्बल वा ग्रेनाइट ? यस्ता छन् ध्यान दिनुपर्ने कुराहरू

Pinterest LinkedIn Tumblr

काठमाडौं । घरलाई आकर्षक देखाउन फ्लोरिङको महत्वपूर्ण भूमिका हुन्छ । हिजोआज फ्लोरिङलाई लामो समयसँग टिकाइ राख्न टायल, मार्बल तथा ग्रेनाइटको प्रयोग गरिन्छ । यी तिन चिजको उपयोग के मा उपयुक्त हुन्छ भन्ने विषयमा चर्चा गरौँः

टायलः

सेरामिक माटोलाई निश्चित तापक्रममा पकाएर टायल बनाइन्छ । यसबाहेक सिमेन्टबाट पनि टायल बन्छ । टायल सामान्यतया पातलो, वर्गाकार वा आयातकारमा बनाइएका हुन्छन् । टायल सामान्यतया छत, भुइँ, पर्खाल, ट्वाइलेट, बाथरुम ढाक्न बढी मात्रामा हुने गरको छ । 

टायल विभिन्‍न आकार, प्रकार र रंगमा पाइन्छ । माटोको गुणस्तरअनुसार टायलको मूल्य निर्धारण हुन्छ । माटोबाट बन्ने टायलको मूल्य माटोको गुणस्तरमा भर पर्छ । मार्बल र ग्रेनाइटको तुलनामा टायल कमजोर हुनुका साथै कोरिने वा फुट्ने जोखिम पनि हुन्छ । त्यसैले भर्याङ, प्यासेज जस्ता स्थानमा टायलको प्रयोग गर्नु राम्रो हुँदैन । यसको सट्टा, यस्ता ठाउँमा मार्बल वा ग्रेनाइट लगाउन उचित हुन्छ । 

मार्बलः

मार्बल प्राकृतिक चुन ढुङ्गालाई उच्च तापक्रममा राखेर बनाइन्छ । विभिन्‍न रंगमा पाइने मार्बल आकारमा ठूलो हुन्छ र यसमा पोलिस गरिएको हुँदैन । घरको भर्याङ, प्यासेज, भान्छाकोठाको स्ल्याब, कौसी आकर्षक देखाउन मार्बलको प्रयोग बढी हुन्छ । मार्बल बढी चिल्लो भई लड्ने सम्भावना रहेकाले ट्वाइलेट र वाथरुममा भने टायलको प्रयोग गरिन्छ । 

ग्रेनाइटः

ग्रेनाइट एक मोटो दानायुक्त (फनेरिटिक) मिसिएको आग्नेय चट्टान हो । जुन प्रायः क्वार्ट्ज, अल्काली फल्डस्पार र प्लेजियोक्लेजबाट बनेको हुन्छ । यो एक कडा खालको चट्टान भएकाले यसलाई निर्माणमा अत्यधिक प्रयोग गरिन्छ ।

ग्रेनाइट जति गाढा रङ्गको छ त्यसको गुणस्तर त्यति नै बढी हुन्छ अर्थात् गाढा रङ्गको ग्रेनाइट गुणस्तरिय हुन्छ । 

मार्बल र ग्रेनाइट कुन राम्रो ?
टिकाउः

मार्बल र ग्रेनाइट दुवैको आ–आफ्नै विशेषता छन् । तर तुलनात्मक रुपमा मार्बल भन्दा ग्रेनाइट कडा र अधिक टिकाउपूर्ण मानिन्छ । मार्बल भन्दा ग्रेनाइटको घनत्व बढी हुन्छ । साथै यसमा आइरनको मात्र हुने हुँदा मार्बलको तुलनामा दोब्बर बलियो हुन्छ । 

टायलले कुनै तरल पदार्थ वा रासायनिक पदार्थको सम्पर्कमा आउनासाथ प्रतिक्रिया जनाउँछ । अर्थात् मार्बलमा कुनैपनि तरल पदार्थ पर्दा दाग बस्छ । र सफा गर्न पनि झन्झटिलो हुन्छ । यसका साथै मार्बलले धेरै तापक्रम सहन सक्दैन । भने ग्रेनाइटमा तापक्रम व्यवस्थापन क्षमता समेत हुन्छ । ग्रेनाइटमा जति सुकै तातो चिज राख्दा चर्किने हुँदैन । 

मर्मतसम्भारः

मार्बल भन्दा आकारमा ग्रेनाइट सानो हुन्छ । साथै ग्रेनाइट पोलिस भएर आउने हुँदा यसलाई पछि पोलिस गर्नुपर्ने झन्झट हुँदैन । ग्रेनाइट भारतबाट नै पोलिस भएर आउने हुँदा यसलाई व्यवस्थापन गर्न सजिलो छ ।

मूल्यः

मार्बल र ग्रेनाइटको तुलनामा टायल एकदमै सस्तो मूल्यमा पाइन्छ । नेपाली बजारमा स्थानिय टायलको मूल्य १ सय देखि २ सय ५० रुपैयाँसम्म पर्छ । टायलको मूल्य २ सय रुपैयाँदेखि ७ सय रुपैया प्रति स्क्वायर फिट पर्न जान्छ । मार्बल र टायलको तुलनामा ग्रेनाइटको मूल्य अधिक छ । ग्रेनाइट प्रति स्क्वायर फिट २ सय ५० देखि ८ सय सम्म पर्न जान्छ । 

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It