Lifestyle

तिहारमा दिदीभाइलाई दिन सकिने ‘युनिक र आकर्षक गिफ्टहरू’ 

Pinterest LinkedIn Tumblr

काठमाडौं । विशेष व्यक्तिलाई कुनै विशेष अवसरमा उपहार दिने चलन संसारभर छ । हाम्रोमा जन्मदिन, नयाँवर्ष, वैवाहिक वर्षगाँठ र चाडपर्वमा विशेषगरी उपहार दिने तथा लिने गरिन्छ । हिजोआज नियमित उपहारमा भन्दा फरक अनि सिर्जनात्मक उपहारमा धेरैको ध्यान जान थालेको छ । जसले उपहारलाई झनै खास बनाउदछ । 

आउँदै गरेको तिहारमा दाजुभाइ तथा दिदीबहिनिलाई दिन सकिने केही विशेष उपहार अर्थात् ‘गिफ्ट आइडिया’ को सूची हामीले तयार गरेका छौं । 

कप/ मग 

कफि मगमा दिदीबहिनी तथा दाजुभाइ सँगको तस्वीर, स्पेशल मेसेज या भनाइ प्रिन्ट गरेर उपहार दिन सकिन्छ । उपहारमा आफ्नो तस्वीर हुनुले दुवै पक्षलाई खास महसुस गराउँदछ । साथै कप तथा मग रेगुलर प्रयोगमा आइरहने हुँदा सम्बन्धलाई थप प्रगाढ बनाउँदछ ।

वाल ह्यांगिङ

वास्तु तथा धार्मिक मान्यताका आधारमा विभिन्न वाल ह्यांगिङहरू लगाइन्छन् । जसमा ‘विन्ड चाइम’ र ड्रिम क्याचर लोकप्रिय छन् । यिनीहरूको खास महत्व र मान्यता त छ नै सँगै हेर्नका लागि पनि सुन्दर हुन्छन् । 

स्य्वाग स्माइली कुसन

हिजोआज सामाजिक सञ्जालमा विभिन्न इमोजी तथा अवतारहरू देख्न पाइन्छ । तीनै इमोजी झल्कने कुसन बजारमा पाइन्छन् जसलाई स्य्वाग कुसन भनिन्छ । सामाजिक सञ्जालमा अभ्यस्त रहने व्यक्तिलाई यस्तो किसिमको उपहार दिएर पनि विशेष महशुष गराउन सकिन्छ ।

लक्की प्लान्ट

हिजोआज प्रायले इनडोर प्लान्टको सोख राख्दछन् । केही प्लान्ट कोठामा सजावटको लागि तथा शुभ हुन्छ भन्ने मान्यताले राखिन्छ । प्लान्ट उपहार दिँदा यसले सम्बन्धलाई जीवन्त बनाउन चाहेको अर्थ पनि राख्छ । साथै हावा शुद्धिकरण गर्ने प्लान्ट दिनुले थप सकारात्मक भाव जगाउदछ ।

भगवान तथा आदर्श व्यक्तिको मूर्ति

मनपर्ने भगवान तथा कुनै नायक व्यक्तिको मूर्ति पनि उपहार स्वरूप दिन सकिन्छ । यसले तपाईं उपहार दिनलागेको व्यक्तिको बारेमा ख्याल राख्नुहुन्छ भन्नेपनि जनाउदछ । सो व्यक्ति उपहार पाएकोमा कृतज्ञ हुनसक्ने सम्भावना रहन्छ र सम्बन्धमा विश्वासका साथै मिठास बढेर जान्छ । 

क्युट टेडी बिएर

क्युट टेडि बिएर पनि उपहारको रुपमा दिन सकिन्छ । स्माइली फेस भएको टेडी बिएरले तपाईंले उपहार दिएको व्यक्तिको अनुहारमा कुनैपनि बेला मुस्कुराहट ल्याउन सक्छ । साइजमा सानो हुने हुँदा खासै खर्चिलो पनि हुँदैन ।

मोर्डन आर्टः

हिजोआज विभिन्न किसिमका आर्टप्रति युवा पुस्ताको आकर्षण बढ्न थालेको छ । सजावटका लागि उत्कृष्ट आर्ट उपहारमा दिँदा तपाईंको व्यक्तित्वमा प्रभाव पनि पार्दछ । यदि तपाईंले उपहार दिन लागेको व्यक्ति आर्टमा झुकाव राख्ने हुनुहुन्छ भने त, यस्तो उपहारले सम्बन्धमा मिठास ल्याउँछ नै ।

क्रियटिभ ल्याम्पः

क्रियटिभ ल्याम्पहरू उपहारका लागि निकै आकर्षक हुन्छन् । उपहार दिन लागेको व्यक्तिको रुचिलाई ध्यानमा राखेर ल्याम्प छनौट गर्न सकिन्छ । जस्तै; यदि पठनरुची भएको व्यक्तिलाई स्टडि टेवल ल्याम्प उपयुक्त हुनसक्छ । बजारमा ल्याम्पको मूल्य र गुणस्तर अनुसारका विभिन्न विकल्प पाइन्छन् ।

फोटो फ्रेम

कुनै विशेष इभेन्टको तस्वीर सहितको फ्रेम अथवा राम्रो डिजाइन भएको फोटो फ्रेम उपहारमा दिन सकिन्छ । फोटोफ्रेम कोठा तथा टेवुलमा सजाएर राखिने हुँदा चाँडै हराउने अथवा बिग्रने डर हुँदैन । यसो हुँदा तस्वीर तथा फ्रेम देख्नासाथ तपाईंले उपहार दिएको व्यक्तिले तपाईंलाई याद गर्दछ । जसले तपाईंको सम्बन्धमा मिठास भर्दछ ।

प्रतिक्रिया दिनुहोस्
Pin It