News

काँचो ईंटा उत्पादन तथा निकासीमा कर 

Pinterest LinkedIn Tumblr

काठमाडौं । चाँगुनारायण नगरपालिकाले काँचो ईंटा निकासी गर्ने व्यवसायीलाई कर लगाउने भएको छ । नगरपालिकाको १२ औँ नगरसभाले करको दायरालाई फराकिलो बनाउँदै काँचो ईंटा उत्पादन तथा निकासीमा कर लगाएको हो ।

व्यवसायीले निश्चित वार्षिक कर तिर्ने गरे पनि काँचो ईंटा उत्पादन गर्दै बिक्री एवं निकासी गर्नेले वर्षौंदेखि कर नतिरी व्यवसाय सञ्चालन गरेकाले कर निर्धारण गरिएको नगरपालिकाले जनाएको छ ।

काँचो ईंटा उत्पादन गर्दै आएका व्यवसायीले किसानको जग्गा भाडामा लिएर काँचो ईंटा उत्पादन गर्ने र भट्टालाई ईंटा बिक्री गर्दै आएका छन् ।

नगरपालिकाले निश्चित स्थानमा व्यवसाय सञ्चालन गरेवापत प्रतिस्थान १० हजार असुल्ने निर्णय गरेको छ । साथै काँचो ईंटा तयार गर्ने जग्गाले चर्चेको प्रतिरोपनी पाँच सयका दरले कर असुली गर्नेछ ।

भक्तपुर जिल्लामा ६१ वटा ईंटा भट्टा छन् । जसमध्ये चाँगुनारायण नगरपालिकामा मात्र ४१ वटा ईंटा उद्योग भएका कारण प्रदुषण फैलिएकाले स्थानिय र कार्यपालिकालगायतले उद्योग हटाउन पटक–पटक आवाज उठाउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
Pin It