News

नेपालबाट एक महिनामै २३ करोड ५० बराबरको सिमेन्ट तथा क्लिन्कर निर्यात 

Pinterest LinkedIn Tumblr

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो महिना साउनमा सिमेन्ट तथा क्लिन्कर निर्यात वृद्धि भएको छ । साउनमा मात्रै नेपालबाट २३ करोड ५० लाख बराबरको सिमेन्ट तथा क्लिन्कर निर्यात भएको भन्सार विभागले जनाएको छ । 

सरकारले लिएको निर्यातमा प्रोत्साहन नितीको प्रभाव सिमेन्ट निर्यातमा देखिएको छ । गत आर्थिक वर्षभरिमा करिब ७८ करोडको सिमेन्ट तथा क्लिन्कर निर्यात भएको थियो । सिमेन्ट निर्यात सुरु भएको गत वर्षको पहिलो महिना साउनमा ४९ लाखको सिमेन्ट निर्यात भएको थियो । 

हाल नेपालबाट चारवटा उद्योगले भारतको सीमावर्ती बजारमा सिमेन्ट तथा क्लिन्कर निर्यात थालेका छन् । २४ असार ०७९ मा पाल्पा सिमेन्टले पहिलोपटक ‘तानसेन’ ब्रान्डको सिमेन्ट निर्यात गरेको थियो । त्यसयता अर्घाखाँची, बालाजी र सीजी सिमेन्ट उद्योगले निर्यात गरिसकेका छन् । 

सिमेन्ट तथा क्लिन्कर निर्यात गर्ने उद्योगको संख्या बढ्न थालेसँगै निर्यात पनि बढ्न थालेको हो । उद्योगको संख्या बढेसँगै चालू आवमा करिब ५ देखि ६ अर्बको सिमेन्ट तथा क्लिन्कर निर्यात हुने अनुमान छ । 

गत आर्थिक वर्षको बजेटमार्फत सरकारले स्वदेशी वस्तु निर्यात गर्ने उद्योगलाई ८ प्रतिशत नगद अनुदान र १० करोडभन्दा बढीको विद्युत् खपत गर्ने उद्योगलाई महसुलमा १५ प्रतिशतसम्म छुट दिने घोषणा गरेको थियो । 

सरकारले निर्यातमा प्रोत्साहन निती लिएसँगै सिमेन्ट उद्योगी निर्याततर्फ आकर्षित भएका हुन् ।

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It