News

सुकुम्बासी व्यवस्थापनका लागि महानगरले छलफल थाल्यो 

Pinterest LinkedIn Tumblr

काठमाडौं । विराटनगर महानगरपालिकाले सुकुम्बासीलाई व्यवस्थित गर्ने प्रक्रिया सुरु गरेको छ । सुकुम्बासी समस्यालाई दीर्घकालीन समाधान गर्न महानगरले भूमिहीनलाई सहभागी गराई छलफल गरेको हो । 

सुकुम्बासीको कुरा सुनेपछि समाधानमा सहज हुने भएकाले छलफल आयोजना गरिएको महानगरले जनाएको छ । महानगरले बिजुली, खानेपानी, विद्यालय, खेलकुद मैदान, स्वास्थ्य चौकीलगायतका आधारभूत सुविधासहितको एकीकृत वस्ती निर्माण गरि सुकुम्बासीलाई व्यवस्थित गर्ने योजना रहेको जनाएको छ । 

छलफलमा कार्यक्रममा नेपाल बसोबास बस्ती संरक्षण समाज, नेकपा माओवादी केन्द्र निकट क्रान्तिकारी भूमिहीन सङ्गठन, नेपाली कांग्रेस, सुकुम्बासी सङ्गठनलगायतका प्रतिनिधिहरूको उपस्थिति थियो ।  

वडा नम्बर १, २, ३, १२, १५ र, १८ का  जनप्रतिनिधिको समेत उपस्थिति रहेको छलफलमा वक्ताहरूले महानगरले छानबिन गरेर वास्तविक सुकुम्बासीको पहिचान गरी व्यवस्थित गर्नुपर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
Pin It