Property

विशेष छुटसहित मध्यम वर्गीय हाउजिङका घरहरूको बुकिङ खुला

Pinterest LinkedIn Tumblr

काठमाडौं । मध्यम वर्गीय ग्राहक लक्षित ‘निलबाराही हाउजिङ’ बुकिङमा विशेष छुटको व्यवस्था गरिने भएको छ । बसोबास प्रपर्टी इभेन्ट अन्तर्गत सीमित समयका लागि हाउजिङका घरहरूको खरिदमा सेवाग्राहीले तीन लाख मूल्य बराबर छुट पाउने भएका हुन् ।

ग्राहकलाई सहुलियत प्रदान गर्ने उद्देश्यले आयोजित इभेन्टमा निलबाराही हाउजिङका सुविधासम्पन्न घरहरू समावेश गरिएका छन् । ५५ रोपनी जग्गामा फैलिएको हाउजिङमा जम्मा ११८ वटा घरहरू निर्माण हुँदैछन् ।

जसमध्ये ९८ वटा घरहरू बुकिङ भइसकेका छन् भने २० युनिट बुकिङका लागि रहेका छन् । 

४ देखि ८ आना जग्गामा निर्माण हुने यी घरहरू 4 BHK सम्मका छन् । इभेन्टमा सहभागी भइ घर बुकिङ गर्ने ग्राहकहरूका लागि मात्र छुटको व्यवस्था गरिएको छ । 

निलबाराही हाउजिङका घरहरू नै किन ?

सीई कन्स्ट्रक्सनद्वारा निर्माणाधीन यस हाउजिङका घरहरू मध्यम देखि उच्च वर्गमा लक्षित छ । त्यतिमात्रै नभएर वरपरको वातावरण र सेवासुविधाको पहुँचका कारण यस हाउजिङका घरहरू किन्नु फाइदाजनक छन्, जस्तो किः

यातायातको सहज पहुँच

भक्तपुरको बोडे चोकबाट डेढ किलोमिटर र निलबाराही मन्दिरबाट ४०० मिटरको दूरीमा रहेको हाउजिङमा यातायातको सहज पहुँच छ । हाउजिङमा प्रवेशका लागि २४ फिटको फराकिलो सडकको पहुँच रहेको छ भने हाउजिङभित्र २० फिटको सडकको पहुँच छ । 

गोपनीय र सुरक्षित गेटेड कोलोनीको रुपमा निर्माणाधीन हाउजिङमा चौबीसै घण्टा सेक्युरिटी गार्ड, सीसी क्यामेरा जडान गरिने हुँदा जोकोही हाउजिङमा सहजै प्रवेश गर्न सक्दैन । त्यसबाहेक हाउजिङमा एउटै वर्गका मानिसहरूको बसोबास हुने हाउजिङमा अनावश्यक मान्छे छिर्ने र होहल्ला गर्ने नहुदा गोपनीय हुन्छ । 

शान्त वातावरणः

सेवा र सुविधाका दृष्टिकोणले शहरको सहज पहुँच भएको यो क्षेत्र कोलाहलमुक्त र स्वच्छ पनि छ । साथै हाउजिङमा पर्याप्त मात्रमा खुला स्पेसहरूसमेत छन् । 

अन्य सुविधाहरू 

सुन्दर, शान्त र रमणीय स्थानमा अवस्थित हाउजिङमा बालबालिका खेल्ने मैदान, ग्रोसरी स्टोर, जिम, हेल्थ क्लब लगायत, मेन्टेनेन्स, पानी,बत्ती जस्ता आधारभूत सेवासुविधाहरू उपलब्ध हुनेछ । बालबालिकालाई गुणस्तरीय शिक्षा तथा स्वास्थ्यका लागि हाउजिङ वरपर थुप्रै विद्यालय र हस्पिटल रहेका छन् । 

नोटः बसोबासले पुष ७ गते सञ्चालन आयोजना गर्न लागेको प्रपर्टी इभेन्टमा उपत्यकाका उत्कृष्ट २५ भन्दा बढी प्रपर्टीहरूमा विशेष छुटको व्यवस्था गरिएको छ । 

इभेन्ट र विशेष छुट जारी भएका प्रपर्टीको बारेमा जान्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It