Vaastu

समुद्रमा दौडदै गरेका सात सेतो घोडाको तस्विर: घर र अफिसमा राख्नुका रहस्य

Pinterest LinkedIn Tumblr

सुन्नुहोसः

काठमाडौं । सामान्यतया घर तथा अफिसमा सजावटका लागि फोटो फ्रेमहरू राख्ने चलन छ । फोटो फ्रेमहरूले कोठाको आकर्षण बढाउँदछन् । धेरैजसो परिवार तथा अफिसको विशेष कार्यक्रम र सदस्यका तस्विरहरू सजाइएको हुन्छ । एउटा यस्तो तस्विर जुन धेरै घर तथा अफिसमा देख्ने गरिन्छ, सातवटा घोडा दौडिरहेको तस्विर । आखिर किन राखिन्छ त यो तस्विर ! र यसका रहस्य कस्ता छन् ! यो विशेष जानकारी आजको लेखमाः

 सातवटा घोडा दौडिएको तस्विरः

हाम्रो जीवन सकारात्मक उर्जाको प्रवाह गर्न घाेडाकाे तस्वीरले विशेष भूमिका खेल्ने ज्योतिषशास्त्रमा उल्लेख छ । घर तथा अफिसका वास्तु दोष निवारणका लागि पनि सात ओटा सेतो घाेडा दौडदै गरेकाे तस्बिर राख्ने चलन छ । घर तथा अफिसमा ऋण लागिरहेकाे छ, कार्यसफलतामा बाधा आइरहेको छ भने तस्बिर लगाउँदा सबै कार्यहरूमा सफलता सुनिश्चित हुने विश्वास गरिन्छ ।

वास्तुशास्त्रका अनुसार दौडिरहेको घोडालाई सफलता र उर्जाको प्रतीक मानिन्छ । घोडाले हाम्रो गति (स्पिड) लाई जनाउँछ । यसलाई दूरदर्शिता, चतुर्याइँ  तथा तागतको प्रतीकका रुपमा व्याख्या गरिएको छ । ७ नम्बरलाई शुभ अंक मानिन्छ । सप्तऋषि, इन्द्र धनुषमा हुने सात प्रकारका किरणहरू वैदिक दृटीकोण हुन् । त्यस्तै सप्त रङ्गी किरण, बिहेमा यज्ञ मण्डपमा सात पटक परिक्रमा गर्नु पर्ने नियम, सात जन्म, सात बार लगायत अरु थुप्रै रहस्यहरू सात अङ्कसँग जोडिएर रहेको छ ।

यो तस्बिर कहाँ र कसरी राख्ने ? 

  1.  घरको बैठक कोठाको उत्तर वा उत्तर-पूर्व दिशामा पर्ने गरि समुद्रमा दौडिरहेको घाेडाकाे तस्बिर लगाएमा गाह्रो तथा अप्ठ्यारा कामहरू समुद्रको पानी जस्तै हलुका हुने विश्वास छ ।
  2. यो तस्बिर घरको पूर्व दिशातर्फको वालमा लगाएमा दीर्घ रोगीहरूलाई राम्रो गर्दछ । शरीर स्वास्थ्य राख्न चाहिने ऊर्जा पूर्व दिशाबाट आउने भएकाले तस्बिरलाई पूर्व राख्नु शुभ मानिन्छ । 
  3. व्यवसायिक क्षेत्र तथा कार्यलयमा भने दक्षिण दिशामा राख्दा उत्तम मानिन्छ, दक्षिण दिशा महालक्ष्मीको दिशा भएकाले पनि उक्त स्थानमा राख्दा सधैँ लक्ष्मीको कृपा रहने विश्वास छ । 
  4. सूर्य भगवानको रथमा सातवटा घोडा हुने भएकाले घोडाले घरमा भएका सम्पूर्ण नकारात्मक ऊर्जालाई सकारात्मक ऊर्जामा बदल्ने काम गर्दछ ।
  5. घरमा पश्चिम दिशातर्फ फर्काएर यो तस्बिर राखेमा कुनै प्रकारका बाधा अवरोध तथा शत्रुको भय नहुने हुँदा वास्तु शास्त्रमा घोडाको महिमा वर्णन गरिएको छ ।
  6. घाेडाकाे तस्वीर घरमा राख्नाले सम्पूर्ण नवग्रह  शान्त हुने ज्योतिषशास्त्रमा उल्लेख गरिएको छ ।

घरमा एकजोडी माटोको घोडा (आर्टिफिसियल हर्स) राखेमा धनलाभ हुने विश्वास गरिन्छ । विशेष गरि रिसाएको, फुटेको तथा धमिलो घाेडाकाे तस्बिर घर तथा अफिसमा राख्नु अशुभ मानिन्छ । साथै अलगअलग दिशामा दौडदै गरेको घोडाको तस्विरले पनि नकरात्मक प्रभाव पार्दछ ।

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It