Vaastu

कहाँ राख्ने झरनाको तस्विर ? यस्ता छन् ध्यान दिनुपर्ने कुराहरू

Pinterest LinkedIn Tumblr

काठमाडौं । घर तथा अफिसमा सजाइने तस्वीरको प्रभावले परिवारमा शान्ति र वैभव ल्याउने विश्वास गरिन्छ । सही दिशा र स्थानमा केही तस्वीरहरू राखे मात्रै तीनको सकारात्मक प्रभाव पर्ने वास्तुशास्त्रमा समेत उल्लेख छ । त्यस्तै धेरैजसो घर तथा अफिसमा राखिने तस्वीर ‘बगिरहेको झरना’ले कस्तो प्रभाव पार्छ भन्ने विषयको चर्चा आजको लेखमाः

गतिशिलताको प्रतिक मानिने ‘पानी’सँग सम्बन्धित फोटो फ्रेम, पेन्टिङ वा शोपिसहरूले आर्थिक प्रवाह र उन्नतिलाई आकर्षण गर्ने वास्तुशास्त्रीहरू बताउँछन् ।

यसोहुँदा बगिरहेको पानी दर्शाउने झरनाको तस्विरको प्रभावले घरको वातावरणमा गतिशिलता ल्याउने विश्वास गरिन्छ ।

झरनाको फोटोमा नकारात्मक ऊर्जालाई सकारात्मक ऊर्जामा रुपान्तरण गर्नसक्ने क्षमता हुन्छ । तर सही दिशा र स्थानको पहिचान गर्न नसक्दा उल्टै हानी समेत हुनसक्छ ।

उत्तर पूर्व दिशा जलसँग सम्बन्धित भएकाले झरनाको तस्विर बैठक कोठाको इसान कोणमा राख्नु उत्तम मानिन्छ । 

धनका देवता कुबेरद्वारा शासित उत्तर दिशाले धन र समृद्बिको प्रतिनिधित्व गर्छ । तसर्थ घरको बैठक कोठाको उत्तर वा उत्तर पूर्व दिशाको वालमा यस्ता तस्बिरहरू लगाउन वास्तुले सुझाएको छ । 

त्यस्तै घरको मुख्य भागमा झरनाको तस्बिर राख्नाले सकारात्मक र शान्तिमय ऊर्जाको प्रवाह हुने जनबिश्वास छ । यसरी राख्दा सकारात्मक पारिवारिक माहोलको सिर्जना हुन्छ । साथै झरनाको पानीले घरमा आउने अतिथि तथा पाहुनाहरूमा भएको नकारात्मक ऊर्जालाई समेत बगाउने जनविश्वास छ ।

झरनाको तस्वीर लगाउँदा ध्यानदिनुपर्ने कुराहरू

  • झरनाको तस्बिरबाट पानीको बहाव आफूतर्फ बगेको देखिने हुनुपर्छ,
  • घरमा स्थिर पानीको छवि दिने तस्बिर वा शोपिस राख्नु हुँदैन, 
  • भान्छाघरमा यस्तो तस्बिर लगाउँदा परिवारको आर्थिक समृद्विमा असर गर्न सक्छ । 

नोटः कतिपयले स्थिर पानीको तस्बिर घर तथा अफिसमा लगाउनुलाई अशुभ पनि मान्दछन् । यस्ता तस्बिर लगाउँदा पैसा पानी सरह बगेर जाने र आर्थिक उन्नतिमा बाधा पुग्छ भनिन्छ । यस विषयमा तपाईंको धारणा कमेन्टमा लेख्नुहोला ।

प्रतिक्रिया दिनुहोस्
Pin It