Luxury Living

रोजभिल्ला हाउजिङमा १० युनिट मात्रै बाँकी

Pinterest LinkedIn Tumblr

काठमाडौं । व्यवस्थित आवास, सुविधा सम्पन्न घर अनि आनन्दको वातावरण नै आम मानिसको सपनाको बसोबास हुन्छ । काठमाडौं उपत्यकाभित्र शान्त, सफा र व्यवस्थित बसाइलाई सम्भव बनाएको छ ‘रोजभिल्ला हाउजिङ’ले । 

विलासी र आरामदायी जीवनयापन रुचाउनेहरूका लागि एबीसी प्रालिले काठमाडौंको बुढानिलकण्ठमा अत्याधुनिक सुविधासम्पन्न घरहरूको प्रिमियम सेट ल्याएको छ ।

‘स्ट्याटस सिम्बोल’ नै मानिने उपत्यकाको ‘भीआईपी आवासीय’ क्षेत्रमा रहेका रोजभिल्ला हाउजिङको बुकिङ केही समयअघि नै खुलेको हो ।

रोजभिल्ला हाउजिङमा १० युनिट मात्रै बाँकी

भिल्ला I,II, III, IV, र V गरि पाँच क्याटेगोरीमा डिजाइन गरिएको छ । हाल रोजभिल्ला चौथो र पाँचौ  फेजका पाँच/पाँचवटा युनिट गरी १० युनिट मात्रै बाँकी छन् ।

चौथो फेजका घरहरू ५१ आना जग्गामा फैलिएका छन् । जहाँ तपाईंले सुन्दर 4BHK देखि 5BHK का पाँचवटा लक्जरियस घरहरू पाउनुहुनेछ । 

त्यसैगरी पाँचौं फेजका घरहरू ४३ आनामा बनेका छन् । जहाँ तपाईंले 3BHK र 5BHK का पाँचवटा लक्जरियस घरहरू पाउनुहुनेछ । 

घरको मूल्य भने घरको साइज, जग्गाको क्षेत्रफल, अवस्थिति र तलाको आधारमा निर्धारण गरिएको छ ।

रोजभिल्ला हाउजिङमा १० युनिट मात्रै बाँकी

आधुनिक लुकको साथै रोमन शैलीमा बनेको राेजभिल्ला, गङ्गालाल अस्पतालबाट ४.३ किलोमिटरका दूरीमा रहेको छ । 

यो आवास क्षेत्र शहरसँग त जोडिएको छ, तर कोलाहल र धुवाँ धुलोको कुनै प्रभाव पर्दैन । यसो हुँदा मनोरम प्राकृतिक सम्पदा र धार्मिक दुवै पक्षको आनन्द लिन सकिन्छ ।

इन्टरनेट तथा बिजुलीका तारहरू जमिन मुनि बिच्छ्याइएको हुँदा वस्तीमा तारहरूको अल्झन देखिँदैन । स्मार्ट भवन डिजाइन  हेर्दा पनि राम्रो, सफा र आकर्षक देखिन्छ । भिल्ला प्रवेश गर्ने बाटो २० फिट फराकिलो छ ।

रोजभिल्ला हाउजिङमा १० युनिट मात्रै बाँकी

भिल्ला निर्माणमा गुणस्तरीय सिमेन्ट तथा कच्चा पदार्थको प्रयोग भएको छ । भविष्यमा आउनसक्ने विपदलाई मध्यनजर गर्दै निर्माण कार्य सम्पन्न गरिएको छ । साथै हामी नेपालीहरूको आस्था र विश्वासको वास्तुशास्त्रका नियमहरूलाई समेत आत्मसात गरिएको छ । 

‘रोजभिल्ला’ र बसोबासमा लिस्टिङ भएका प्रपर्टिका बारेमा थप जानकारीका लागि ९८०१०३८८३५ तथा ९८०१०३८८५१ मा सम्पर्क गर्न सक्नुहुनेछ ।

बसोबासमा लिस्टेड अन्य प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It