News

असार १ गतेदेखि सडक खन्न नपाइने, जबरजस्ती गरे कारबाही हुने

Pinterest LinkedIn Tumblr

काठमाडौं । सडक विभागले आगामी असारदेखि भदौ मसान्तसम्म सडक खन्ने रोक लगाएको छ । संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालयले बिहीबार एक सूचना जारी गर्दै सडक खन्न रोक लगाएको हो । 

वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन आदि प्रयोजनका लागि सडकमा खन्दा तत्काल यथास्थितिमा ल्याउन नसकिने र सडक पनि थप बिग्रिँदै जाने भएकाले सो कार्य गर्न रोक लगाइएको जनाएको छ । 

तोकिएको समयावधिभित्र कार्यालय अन्तर्गतका सडक डिभिजनहरू मातहत रहेका कुनै पनि सडक खन्ने स्वीकृति नदिइने र कसैले जबर्जस्ती सडक खनेको पाइएमा सार्वजनिक सडक ऐन २०३१ अनुसार कडा कारबाही गरिने विभागले जनाएको छ । 

असार १ गतेदेखि सडक खन्न नपाइने, जबरजस्ती गरे कारबाही हुने

बसोबासमा लिस्टेड अन्य प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It