Luxury Living

१ करोड ९० लाख पर्ने ६ वटा सर्भिस अपार्टमेन्ट बिक्रीमा

Pinterest LinkedIn Tumblr

काठमाडौं । हिजोआज चक्रपथ भित्र घर तथा अपार्टमेन्ट पाउन सजिलो छैन । त्यसमाथि बहुउद्देश्यीय अपार्टमेन्ट पाउन झनै मुस्किल छ । यस्तोमा लोकप्रिय रियल ईस्टेट कम्पनी सीईले बिजेश्वरी मन्दिर नजिकै सुविधासम्पन्न  रिट्रिट सर्भिस अपार्टमेन्ट अपार्टमेन्ट ल्याएको छ । 

सीईले इन्भेस्टमेन्टसँगै सर्भिस अपार्टमेन्टको रुपमा समेत प्रयोग गर्न सकिने गरि यो परियोजना ल्याएको हो । रिट्रिट अपार्टमेन्ट स्वयम्भु मार्ग, बिजेश्वरी मन्दिर नजिकै छ । 

करिब ४७ आना जग्गामा बनेको ११ तले अपार्टमेन्टका हरेक युनिट लक्जरियस र आकर्षक छन् । जम्मा ३० युनिटमध्ये २४ युनिट बिक्री भइसकेका छन् । 

१ करोड ९० लाख पर्ने ६ वटा सर्भिस अपार्टमेन्ट बिक्रीमा

टाइप ‘ए’ ‘बि’ र ‘डी’ गरि ३ किसिमका ६ युनिट बिक्री हुन बाँकी छन् । जसमध्ये ग्राउन्ड फ्लोरमा ३ वटा र पहिलो तल्ला, तेस्रो तल्ला र चौथो तल्लामा एक/एक वटा 2BHK अपार्टमेन्टहरू छन् । 

फुल फर्निस्ड अपार्टमेन्टमा मोड्युलर किचन र त्यहाँ प्रयोग हुने सामान,डाइनिङ सेट, सोफा, बेड, दराज जस्ता सामग्रीहरू उपलब्ध छन् । 

अपार्टमेन्टलाई थप आकर्षक बनाउन फल्सिलिङ र आकर्षक डिजाइनका लाइटहरूको प्रयोग गरिएको छ ।    त्यसैगरी, फ्लोरिङमा टायल र पार्केटिङ गरिएको छ ।  

१ करोड ९० लाख पर्ने ६ वटा सर्भिस अपार्टमेन्ट बिक्रीमा

सेतो र खैरो रङले सजिएको अपार्टमेन्ट निर्माणमा गुणस्तरीय निर्माण सामग्रीको प्रयोग गरिएको छ । जसले अपार्टमेन्टलाई भुकम्प प्रतिरोधात्मक बनाइएको छ । 

उत्तरी मोहडा भएको अपार्टमेन्ट २४ फिटको फराकिलो सडकसँग जोडिएको छ ।

व्यापारिक केन्द्र नजिकै रहेको अपार्टमेन्टका युनिटहरूलाई भाडामा लगाएर राम्रो आम्दानी समेत गर्न सकिन्छ । हाल निर्माण कम्पनीले यी ६ वटा अपार्टमेन्टहरू भाडामा लगाएर मासिक १ लाख सम्म आर्जन गरिरहेको छ ।  

पानी, बत्ती, ढल निकास आदिको राम्रो व्यवस्था गरिएको छ । साथै लिफ्टको समेत व्यवस्था गरिएको छ ।  

१ करोड ९० लाख पर्ने ६ वटा सर्भिस अपार्टमेन्ट बिक्रीमा शिक्षा, स्वास्थ्य जस्ता सुविधाका लागि पनि चिन्ता लिनु पर्दैन । रिङरोडको नजिकै भएकाले पनि बालबालिकालाई गुणस्तरीय शिक्षाका लागि अपार्टमेन्ट नजिकै थुप्रै विद्यालयहरू रहेका छन् । नजिकै थुप्रै नाम चलेका हस्पिटल भएकाले निर्धक्क हुन सकिन्छ । 

अपार्टमेन्ट, स्वयम्भुबाट १.५ किलोमिटरको दूरीमा रहेकाले उपत्यका भित्र र बाहिर यात्रा गर्नका लागि सहज छ । त्यस्तै पार्किङका लागि लोअर र ग्राउन्ड फ्लोरमा व्यवस्थापन गरिएको छ । 

१ करोड ९० लाख पर्ने ६ वटा सर्भिस अपार्टमेन्ट बिक्रीमा

यी सुविधा सम्पन्न अपार्टमेन्टको मूल्य प्रतियुनिट करिब १ करोड ९० लाख रुपैयाँ तोकिएको छ । 

रिट्रिट सर्भिस अपार्टमेन्ट र बसोबासमा लिस्टिङ भएका प्रपर्टिका बारेमा थप जानकारीका लागि ९८०१०३८८३५ तथा ९८०१०३८८५१ मा सम्पर्क गर्न सक्नुहुनेछ ।

बसोबासमा लिस्टेड अन्य प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It