News

बसोबास प्रपर्टी इभेन्टः घरजग्गा तथा अपार्टमेन्ट खरिदमा १ करोड सम्म छुट

Pinterest LinkedIn Tumblr

काठमाडौं । नेपालमै पहिलोपटक घरजग्गा बजारको प्रतिनिधित्व गर्ने प्रपर्टी इभेन्ट आयोजना हुने भएको छ । लामो समयदेखि घरजग्गा बजारको मार्केटिङ गर्दै आएको रियलस्टेट कम्पनी बसोबासले पौष ७ गते इभेन्ट आयोजना गर्न लागेको हो ।

इभेन्टमा बजारमा सहजै उपलब्ध नहुने किसिमका ‘अफ मार्केट प्रपर्टी’हरू तथा अन्य गरी २५ वटा प्रोजेक्टमा भएका २ सय भन्दा बढी घरजग्गा तथा अपार्टमेन्टहरू डिस्प्ले गरिनेछ ।

इभेन्टमा बसोबासमा लिस्टिङ भएका घरजग्गा र नयाँ प्लटिङहरू, नेपालका टप डेभलपरहरूले निर्माण गरेका अत्याधुनिक सुविधासम्पन्न हाउजिङ, कोलोनी तथा अपार्टमेन्टहरू पनि उपलब्ध हुनेछन् । 

इभेन्टमा समावेश प्रपर्टीहरूमा विशेष छुट र केही प्रपर्टीको बुकिङमा उपहारको समेत व्यवस्था गरिएको छ । इभेन्टमा सहभागी ग्राहकहरूले प्रपर्टीको किसिम तथा मूल्यअनुसार १ करोडसम्म नगद छुट र १० ग्राम देखि १०० ग्रामसम्म सुन उपहार पाउनेछन् । प्रपर्टीको बुकिङ मूल्य चलेको भन्दा एकदमै कम राखिएको छ । 

कुपन्डोलस्थित होटल हिमालयमा हुने इभेन्ट बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म चल्नेछ । शनिबार हुने उक्त इभेन्टले घरजग्गा कारोबारमा छाइरहेको मन्दीलाई उकास्ने अपेक्षा गरिएको छ । 

नयाँ तथा पुराना र प्रिमियम परियोजनाहरूको शोकेस रहने यस इभेन्टले बजारको ट्रेन्ड र ग्राहकको आवश्यकतालाई समेत बुझ्न मद्दत पुर्याउने छ ।

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् । 

प्रतिक्रिया दिनुहोस्

Write A Comment

Pin It