News

घरभाडा नबढाउन उद्योग वाणिज्य सङ्घको आग्रह

Pinterest LinkedIn Tumblr

काठमाडौं । उद्योग वाणिज्य सङ्घ चितवनले व्यापारिक क्षेत्रको भाडादर नबढाउन आग्रह गरेको छ । आर्थिक मन्दीका कारण व्यापार र व्यवसायीहरू विस्थापित हुने अवस्था आएको ठहर गर्दै सङ्घले यस्तो आग्रह गरेको हो ।

सङ्घले जारी गरेको अपिलमा भनिएको छ, ‘घर बहाल सम्झौताबमोजिम यस वर्ष घरबहालमा वृद्धि गर्ने समय आएका घरधनीले यो समयमा घरभाडामा वृद्धि नगरी राहत प्रदान गर्न सङ्घले सबैमा अपिल गरिएको छ ।’

चितवनका विभिन्न व्यापारिक केन्द्रमा घर/सटर बहालमा लिई व्यवसाय गर्ने व्यवसायीले घर बहालसमेत भुक्तान गर्न सकेका छैनन् । घर बहाल समयमा नपाउँदा घरधनीलाई समेत अप्ठ्यारो परेको सङ्घले जनाएको छ ।

कोरोना महामारी र लगानीयोग्य पुँजीको अभाव खपिरहेका व्यवसायी यतिबेला बैंक तथा वित्तीय संस्थाको चर्को बैंक ब्याजदरको सामना गरिरहेका छन् ।

औद्योगिक उत्पादन तथा वितरणमा कमी आउँदा सर्वसाधारणको दैनिकीसमेत असहज परिस्थितिबाट गुज्रिरहेको छ । 

आर्थिक सङ्कटका कारण व्यापार व्यवसाय सञ्चालन नहुँदा सर्वसाधारणको आयआर्जन समेत प्रभावित छ । जसकारण उद्यमी व्यवसायी लगायत उपभोक्तासमेत प्रभावित भएको सङ्घले जनाएको छ ।

बसोबासमा लिस्टेड अन्य प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It