News

अनधिकृत संरचना हटाउने तयारीमा उपत्यका विकास प्राधिकरण

Pinterest LinkedIn Tumblr

काठमाडौं । काठमाडौं उपत्यका विकास प्राधिकरणले उपत्यकाभित्र मापदण्ड मिचेर बनाइएका अनधिकृत संरचना हटाउने भएको छ । आफै संरचना हटाउन ३५ दिनको समय दिएको भएपनि सम्बन्धित पक्षले अटेर गरेपछि प्राधिकरण स्वयमले धोबीखोला क्षेत्रबाट अनधिकृत संरचना हटाउन सुरु गर्ने भएको हो ।

धोबीखोलामा १५/२० ठाउँ सरकारी जग्गा मिचिएको स्रेस्ता आएको प्राधिकरणले जनाएको छ । 

प्राधिकरणले पुस २६ अर्थात आजदेखि संरचना हटाउनुपर्ने ठाउँमा कर्मचारीहरूले चिह्न लगाउने र संरचना हटाउँदै जानेछ । 

यसमा स्थानीय तहका जनप्रतिनिधिहरूबाट पनि सहकार्य हुने प्रतिबद्धता आएको प्राधिकरणले जनाएको छ । 

धोबीखोला, बल्खुलगायत उपत्यकाका विभिन्न स्थानमा सरकारी, पर्ती, ऐलानी तथा खोलाको मापदण्ड मिचेर सानाठूला घर संरचना, व्यापारिक कम्प्लेक्स, वाललगायत निर्माण गरिएको जानकारी आएपछि प्राधिकरणले ती अनधिकृत संरचना हटाउन सुचना निकालेको थियो । 

अटेरी गरे प्राधिकरणले हटाउने र त्यसबापत लाग्ने खर्च सम्बन्धित व्यक्ति र संस्थाबाट उठाउने जनाइएको छ ।

‘गुगल अर्थ प्रो’ मा पहिचान भएका ९५ वटा कोलोनी, अपार्टमेन्ट, हाउजिङ लगायत योजनामध्ये ४१ प्रतिशत अनधिकृत पाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Pin It