News

३२ महिनादेखि रोक्का गरिएको जग्गा फुकुवा गर्ने जिम्मा मन्त्री ‘मास्की’लाई 

Pinterest LinkedIn Tumblr

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले दाङको देउखुरी क्षेत्रमा रोक्का भएको जग्गा फुकुवाका लागि मन्त्री धनबहादुर मास्कीलाई जिम्मा दिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले जग्गा फुकुवा गर्नका लागि अध्ययनको काम मास्कीलाई जिम्मा दिएको हो । 

राप्ती उपत्यकालाई लुम्बिनीको स्थायी राजधानी तोकिएपछि सो क्षेत्रमा जग्गा किनबेच रोकिएको थियो । ३२ महिनादेखि जग्गा किनबेच रोक्का हुँदा जीवन निर्वाहमा समस्या भएको भन्दै स्थानीयवासी आन्दोलित भएका थिए । 

जग्गा रोक्का भएपछि अंशबन्डा तथा बैंक एवं वित्तीय संस्थाबाट कुनै पनि प्रकारको ऋण लिन, उद्योग, व्यापार सञ्चालनमा समस्या भएको स्थानीयवासीको गुनासो छ ।

यस विषयमा मन्त्री मास्कीले आन्दोलनरत पक्षसँग छलफल गरेका थिए । छलफलमा एक महिनाभित्र जग्गा फुकुवा गर्नेगरी प्रतिवेदन तयार गरेर मन्त्रिपरिषद्मा लैजाने निर्णय गरेपछि आन्दोलन रोकिएको थियो ।

त्यसबाहेक लुम्बिनी प्रदेशको राप्ती गाउँपालिकाको नौवटा वडा, गढवा–१, २ र ३ वडा तथा सितगङ्गा नगरपालिका–८ र ९ मा जग्गा रोक्का गरिएको छ । 

रासस

प्रतिक्रिया दिनुहोस्
Pin It