News

जग्गा फुकुवाको माग गर्दै रिले अनशन जारी 

Pinterest LinkedIn Tumblr

काठमाडौं । दाङको देउखुरीमा जग्गा फुकुवाको माग गर्दै स्थानीयले रिले अनशन सुरु गरेका छन् । ३२ महिनादेखि रोकिएको जग्गा फुकुवा गर्न माग राख्दै स्थानीय बासिन्दाले रिले अनशन सुरु गरेको ६ दिन भइसकेको छ । 

राजधानी व्यवस्थापन गर्ने भन्दै रोक्का गरिएको जग्गा फुकुवा गर्न माग गर्दै लुम्बिनी प्रदेश सरकारको मुख्य प्रशासनिक भवनको मूल गेटमा रिले अनशन बसेका हुन् । देउखुरीमा राजधानी घोषणा हुनुअघि रोक्का जग्गा साढे दुई वर्षसम्म फुक्का नगरेपछि सो क्षेत्रका जग्गाधनी, उद्योगी व्यवसायी, किसान, मजदुरले दबाब सिर्जना गर्न रिले अनशन बसेका छन् । 

आफूहरूको माग पूरा गर्न दबाब दिन १८ वैशाखदेखि बिहान ८ बजेदेखि प्रदेश राजधानी परिसर क्षेत्रमा धर्ना बसेर आन्दोलन सुरु गरेको सङ्घर्ष समितिले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
Pin It