News

बुटवल उपमहानगरपालिकाले घटायो सम्पत्ति र घरबहाल कर

Pinterest LinkedIn Tumblr

काठमाडौं । बुटवल उपमहानगरपालिकाले करको दर घटाएको छ । उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९/८० का लागि स्वीकृत आर्थिक ऐन २०७९ अनुसार सम्पत्ति, घरबहाल, इरिक्सा, हाटबजार बैठकी लगायतको कर दर घटाएको हो ।

नागरिकमाथि करको भार बढेको भन्दै उपमहानगरपालिकाले  यही साउन १ गतेदेखि लागू हुने गरी सम्पत्ति र घरबहाल कर १० प्रतिशतले घटाएको छ । यसअघि १० हजार रुपैयाँ घरबहाल लिनेले एक हजार रुपैयाँ घरबहाल कर तिर्नुपर्नेमा अब नौ सय रुपैयाँ तिरे पुग्नेछ । 

सम्पत्ति कर सम्पत्तिको मूल्यअनुसार एक सय रुपैयाँदेखि ४९ हजार पाँच सय रुपैयाँसम्म कायम गरिएको छ । पाँच लाख रुपैयाँसम्म करयोग्य सम्पत्ति भएमा एक सय रुपैयाँ र पाँच करोडदेखि माथि भएमा प्रतिहजारको दुई रुपैयाँका दरले सम्पत्ति कर तिनुपर्नेछ । 

ज्योतिनगर पहिरो प्रभावित क्षेत्रका संरचनाहरूमा सम्पत्ति कर असुली गर्दा सम्पत्ति मूल्याङ्कनमा ७५ प्रतिशत छुट गरिने जनाइएको छ । 

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् । 

प्रतिक्रिया दिनुहोस्
Pin It